५ चैत्र २०८१, मंगलबार | March 18, 2025

बोनस सेयर पारित गर्न नागरिक लगानी कोषको सोमबार साधारणसभा बस्ने



काठमाडौं । नागरिक लगानी कोष (सीआइटी)ले अघिल्लो आर्थिक वर्ष २०७९–८० को वार्षिक साधारणसभा सोमबार गर्ने भएको छ ।

सभामा ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।

सञ्चालक समितिको ११ असारमा बसेको बैठकले बोनस तथा नगद लाभांश साधारण सभामा पेस गर्ने निर्णय गरेको थियो ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि सीआइटीले २५ साउनमा बुुक क्लोज गरिसकेको छ । तसर्थ, २४ साउनसम्म कायम रहेका सेयरधनीहरुले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । कोषले ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो ।

प्रकाशित मिति : ५ भदौ २०७९, आइतबार  १२ : ०८ बजे

आठ महिनामा बीस गैँडा मरे

चितवन । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा

मुआब्जा नपाएपछि जलविद्युत आयोजना बन्द

खोटाङ । यहाँको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने

करिब बीस करोड रकमसहित काठमाडौंमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको

दाङमा मकै उत्पादन बढ्यो

दाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको

स्ववियु निर्वाचन : बाँकेका ३ क्याम्पसमा मतदान सुरु, जनसिद्देश्वरमा स्थगित

नेपालगन्ज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज सहित बाँकेका तीन वटा