१२ पुस २०८१, शुक्रबार | December 27, 2024

सप्तकोसी विस्थापित जोखिम मोलेरै घर फर्किन थाले



उदयपुर । उदयपुरको बेलका नगरपालिका-८ लाहुरेको खोँच डुम्रीबोटमा सप्तकोसी नदी कटान गरेपछि बाढी गाउँ पसेर विस्थापित परिवार धमाधम जोखिम मोलेरै घर फर्किन थालेका छन् ।

नदी पुरै गाउँतिर सोझिएको छ । उनीहरू सामुदायिक विद्यालयमा बस्न छाडेर बाढीको कुनै प्रवाह नगरी घर फर्किएका हुन् । सप्तकोसी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्दछ । बर्खामा नदीले वर्षेनी जनधनको क्षति पुर्‍याउँदै आएको छ । बाढी आउँदा घर जग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान गर्ने जोखिम रहेको बेलका नगरपालिका–३ का वडा सदस्य फागुन कार्कीले बताए ।

सप्तकोसीले धार परिवर्तन गरी पश्चिमतर्फ कटान गरी बाढी गाउँ पस्दा बेलका नगरपालिका–२, ३, ८ र ९ बराह क्षेत्र नगरपालिका–६ र ९ दुई हजार ५ सय घर परिवार विस्थापित भएका थिए । सप्तकोसीले धार परिवर्तन गरी बेलका नगरपालिका–८ लाहुरेको खोच डुम्रीबोटबाट पस्दा सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, नारायण नगर, बोचि, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोसी टप्पु आरक्ष २५ सय घर परिवार उच्च जोखिममा परेका हुन् । बाढीबाट विस्तापित भएकाहरू पुनः घर फर्कन थालेका हुन् ।

सप्तकोसी नदीको भँगालो वस्तितर्फ पसेपछि सर्वसाधारण थातथलो छाडेर सुरक्षित स्थानमा सरेका थिए । दुई हजार ५ सय परिवारले बस्ती छाडे पनि ५ सय परिवार जोखिम मोलेरै घरमै बसेका थिए । वराहक्षेत्र नगरपालिका–६ र ९ बेलका नगरपालिका–३ का सर्वसाधारणलाई बुधबार सुरक्षा निकायले बाढी पसेसँगै उद्धार गरेर सुरक्षित स्थानमा ल्याएका थिए । तर उनीहरू बुधवार, बिहीबार, शुक्रबार जसोतसो रात बिताए पनि पुनः बाढीको बहाव घटेसँगै जोखिम मोलेरै बाढीमा हेलिएर उनीहरू घर फर्कन थालेका हुन् । घर डुबानमा नपरेका ठाउँका स्थानीयबासिन्दा घर फर्किएको उदयपुरका प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले बताए । जोखिम भएकाले हामीले उद्धार गरी ल्याएका थियौं,’ यादवले भने, ‘पानी नपसेका पुन घरमा फर्किएको हो ।ु

हाम्रो घरसम्म पानी आएन, सुनसरीको बराह क्षेत्र नगरपालिका ९ श्रीलंका टापुका अर्जुन चन्द्रवंशीले भने, पानीको बहाव अलिक घटेको छ । हिजो डर थियो, आज अवस्था ठिकै छ । उनी ढुक्क भए पनि टापुको गहिरो भाग र खोला किनारमा रहेका घरहरू अहिले पनि डुबानमा छन् । उच्च स्थानमा रहेको घरहरूमा बाढी नपुगेको चन्द्रवंशीको भनाई रहेको छ ।

सप्तकोसीको दुई भंगालोको बीचमा रहेको श्रीलंका टापुमा २ हजार ५ सय बढी परिवारको बसोबास छ । टापुलाई उदयपुरको बेलकाको ४ वटा र सुनसरीको बराह नगरपालिकाको २ वटा वडा पर्छन् । बाढीले बेलका नगरपालिकाका २, ३, ८ र ९ मा बढी प्रभावित भएको छ । बढीबाट विस्थापित भएका अधिकांश आफन्तको घरमा बसेको प्रमुख जिल्ला अधिकारी यादवले बताए । ‘बाढी प्रभावितहरूलाई हामीले चार स्थानमा राखेका छौं,’ उनले भने, ‘धेरै आफन्तको घरमा बस्नु भएको छ ।

उनले बाढी अहिले घटे पनि जोखिम कायमै रहेकाले सतर्कता रहन आग्रह गरे । उद्धारका लागि तीन वटै सुरक्षा निकायको टोली तयारी अवस्थामा छ,’ उनले भने, बुधवार, बिहीबार, शुक्रवारको तुलनामा पानीको बहाव केही घटेको छ । बाढी प्रभावितका लागि स्थानीय सरकार मार्फत राहत वितरण गरिएको छ । बाढी प्रभावित दुई हजार पाँच सय परिवारका लागि प्रदेश सरकारले तत्कालका लागि चाहिने राहत सामग्री पठाएको प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले बताए । उनले सतर्कता अपनाएका कारण बाढीका कारण मानवीय क्षति नभएको बताए ।

धार परिवर्तन गर्दै आएको सप्तकोसी पसेर जलमग्न भएको बेलका नगरपालिका क्षेत्रका विस्थापित सर्वसाधारणहरू सुरक्षा निकायले रोक्दा रोक्दै पनि घरमा गाईबस्तु हेरेर आउने बहानामा प्रभावित क्षेत्रमा फर्किन थालेका छन् । उद्धार गरिएको सर्वसाधरण जोखिमको बिच घर फर्किन थालेको बेलका नगरपालिका नगर प्रमुख अशोक कार्कीले बताए । जोखिम हुँदा हुँदै प्रभावित क्षेत्रमा रहेको घरमा अन्नबाली र पशुचौपाया संरक्षण गर्ने भन्दै विस्थापित सर्वसाधारणहरू जबरजस्ती फर्किएको बेलका नगरपालिकाका नगर प्रमुख कार्कीको भनाई रहेको छ । उनका अनुसार प्रभावित क्षेत्र प्रवेशमा रोक लगाउन प्रहरी परिचालन गर्नु परेको छ ।

प्रमुख जिल्ला अधिकारी यादवले कोसी गाउँ पसेर २ हजार ५ सय परिवारका २० हजार सर्वसाधारण विस्थापित भएको बताए । नदी नियन्त्रणका लागि दुई महिना यता गरिएको प्रयास विफल भएपछि बेलका नगरपालिका–८ लोहुरेको खोँच डुम्रिबोटेबाट कोसी बुधवार बिहान ४ बजे बेलका नगरपालिका क्षेत्रमा पसेको हो ।

कोसीको मूल बहाव पनि पश्चिम ९उदयपुरतर्फ० मोडिएको र यसले धेरै ठूलो जोखिम निम्त्याउन सक्ने बेलका नगर प्रमुख कार्कीले बताए । डुम्रिबोटेमा कटान गरेर कोसी पुरानै धार हुँदै बगेको हो । २०४५ साल अघि कोसी ७ नम्बर नोच दक्षिण डुम्रिबोटे हुँदै बग्ने गरेको सर्वसाधरण बताउँछन् । अहिले प्रभावित क्षेत्र कोसी टप्पु आरक्षण क्षेत्रको भएकाले केही वर्ष यता उसले बस्ती खाली गर्न भनेको थियो । कोसी पसेको बहनामा बस्ती खाली गराउन खोजिएको भन्दै सर्वसाधारणहरू पुनः घर फर्किएको बेलका नगरपालिका–३ का सदस्य फागुन कार्कीको भनाई रहेको छ ।

सुरक्षा निकायले विस्थापितलाई सुरक्षाका कारण तत्काल घर नफर्कन अनुरोध गरी रहेका छन् । तर पीडितहरू आफ्नो सम्पत्ति जोगाउन गाईबस्तु जोगाउन भन्दै घर फर्की रहनु भएको छ,’ उनले भने । बाढी कम भएपछि सबै विस्थापितलाई उचित व्यवस्थापनका साथ घर फर्काउने पहल भइरहेको जानकारी दिएका छन् । उद्धार राहतका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । पीडितहरूले घर फर्कने वातावरण मिलाइ दिन र उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् ।

प्रभावित क्षेत्रमा अन्नबाली, पशुचौपाया र घर रेखदेख भन्दै सर्वसाधरणले नछोड्दा उद्धार र राहत समेत प्रभावित भएको अधिकारीहरूले बताएका छन् । कोसीको बाढी पस्ने क्रम जारी रहेको र कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्ने भन्दै नगरपालिकाले चौथो दिन शनिवार पनि सर्वसाधणलाई प्रभावित क्षेत्रबाट बाहिर निकाल्ने प्रयास गरिरहेको छ ।

प्रभावित क्षेत्रका पीडितको पहिचान गरी बेलुका सम्म उद्धार गरिने नगर प्रमुख अशोक कार्कीले बताए । नगरले पीडितका लागि व्यवस्था गरेको सुरक्षित वासस्थानमा उनीहरू बस्न मान्दैनन् । प्रभावित क्षेत्रमा रहेको घरमा अन्नबाली, पशुचौपाया संरक्षण गर्ने भन्दै विस्थापित जबरजस्ती फर्किएका थिए । उनीहरूलाई पनि बाहिर ल्याउने तयारी भइरहेको बताइएको छ । बराह क्षेत्र नगरपालिकाका ४ र बेलका नगरपालिकाका ४ वडा गरी ६ वडाका विस्थापितहरू आफै नदीमा बाँध निर्माणका रकम संकलनमा जुटेको बेलका नगरपालिका–३ का सदस्य फागुन कार्कीले जानकारी दिए ।

 

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ८ : ४४ बजे

हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र

बनियानी । झापाको हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक

ट्रेड युनियनलाई प्रतिबन्ध लगाउनुपर्नेमा राजनीतिक दलहरू एकमत

स्थायी सरकार मानिने निजामती कर्मचारीतन्त्रमा राजनीतिक दलपिच्छेका ट्रेड युनियनलाई प्रतिबन्ध

रुख कटानको अनुमतिसँगै सदरमुकाम निर्माणको बाटो खुल्यो

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा नवलपुरको नमूना सदरमुकाम निर्माणको बाटो

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेर बिहिबार

चलचित्र निर्माणको तयारीमा पुराना चलचित्रकर्मी

काठमाडौं । अहिले चलचित्र निर्माण, छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने