१३ पुस २०८१, शनिबार | December 28, 2024

बाढीको त्रासले भजनीमा सयौँ बिघा जमिन बाँझै



टीकापुर । बाढीको त्रासले कैलालीको भजनी नगरपालिकामा सयौँ बिघा जमिन बाँझै राखिएको छ । हरेक वर्ष बाढी आउने भएकाले भजनीको हुलाकी सडक आसपासका केही जमिन, ३, ५, ७, ८ लगायतका वडामा सयौँ बिघा जमिन बाझो राखिएको किसान बताउँछन् ।

बाढीको समस्या झेल्दै आएका भजनीका किसानले चैते धान खेती गर्छन् । बर्सातमा अधिकांशका खेत जलमग्न हुने, तलाउजस्तै भरिने भएकाले पनि धेरैले खेती गर्दैनन् । विगतमा खेती गर्नेले समेत यस वर्ष खेती गर्ने आँट गरेनन् ।

भजनीका हरिबहादुर चौधरीले गत वर्ष निकै मेहनत गरेर धान खेती गर्नुभएको थियो । कात्तिक २ गते आएको बाढीले हरिबहादुरको दुई बिघा काटेर खेतमै थुपारेको धान बाढीमा मिसियो । “गत वर्ष धानको दाना देख्न पाइएन, त्यसैले यस वर्ष दुई बिघा जमिन बाँझो राखेको छु”, हरिबहादुर भन्छन, “ममात्र होइन मेरा छिमेकीले पनि यस वर्ष धान रोपेनन्, हामीले चैते धान खेतीमात्र ग¥यौँ, विगतमा दुई पटक धान रोप्ने गरिन्थ्यो ।”

खेती गर्दा बढी खर्च लाग्ने तर उत्पादन पाउने ठेगान नभएको र सरकारले समेत क्षतिपूर्ति थोरै दिने भएकाले खेती नगरेको किसान मानबहादुर साउँद बताउछन । “मेहनत र लगानी चाहिन्छ । एक बिघामा धान खेती गर्न रु ५० हजारसम्म खर्च हुन्छ तर बाढीले उत्पादन पाउने ठेगान नभएपछि यस वर्ष धेरैले खेत बाँझो राखे”, उनले भने, “यस वर्ष करिब एक हजार बिघा जमिन बाँझो देखिन्छ । यहाँका किसानलाई जग्गा भएर पनि समस्या छ । खेती लगाउन पाए पो उत्पादन हुन्छ, उत्पादन भए पो पेट पाल्न, खर्च चलाउन सहज हुन्छ ।”

भजनीकै बलबहादुर बुढा पनि बाढीका कारण खेती स्याहार्न नमिल्ने भएकाले यहाँका किसानले खेत बाँझै राखेको बताउछन । “हुलाकी सडक आसपासका किसानले खेतमा पस्ने आँट गरेनन्”, बलबहादुरले भने, “अहिले भजनीका अधिकांश किसानका खेत तलाउजस्तै देखिन्छन् । विगतमा खेती गर्न मिल्ने जमिन पनि यस वर्ष बाँझै राखिएका छन् ।”

भजनी नगरपालिकाका कृषि शाखा प्रमुख कमल चौधरी डुबान क्षेत्रमा खेत बाँझो राख्नुपर्ने बाध्यता रहेको बताउछन । “यहाँ कति जमिन बाँझो राखिएको भन्ने तथ्याङ्क हामीले राखिसकेका छैनौँ, तर अधिकांशका जमिन बाँझो छन्”, चौधरीले भने, “पानी बढी जम्ने र डुबान हुने जोखिम रहेका जमिनमा धान रोपिएको छैन । विकल्पका रुपमा यहाँका किसानले चैते धान खेती गर्छन् ।”

चौधरी भजनीमा किसानलाई सघाउने विभिन्न कार्यक्रम भएको बताउँदै खल्ला खेत (पानी बढी हुने) का लागि पालिकाले चैते धानलाई प्रोत्साहन गर्ने गरेको बताउछन । “यहाँ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मुख्यमन्त्री कार्यक्रम, ब्लक प्रदर्शन, कृषि औजार सहयोगजस्ता कार्यक्रम गरिरहेका छौँ”, चौधरी भने, “त्यसैले हामीले पनि चैते धानलाई बढी प्रोत्साहन गर्छौं । यहाँका धेरै किसानले चैते धान खेती गर्छन ।” भजनीमा गत वर्ष आएको बाढीले तीन हजार हेक्टरमा लगाएको धान बाली बगाएको कृषि शाखाले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ७ : ४८ बजे

त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना

एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’

महोत्तरी । नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करण विजेता जनकपुर

प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुनेछ : सञ्चारमन्त्री गुरुङ

कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको

जनसंख्या घटे पछि अनौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’

काठमाडौं । जापानदेखि चीनसम्म जन्मदर तीव्र गतिमा घटिरहेको छ ।

पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं महानगरपालिका पूर्वप्रमुख