२८ मंसिर २०८२, आइतबार | December 15, 2025

प्याब्सन बुटवलद्वारा आयोजित लोक नृत्य प्रतियोगिताको उपाधि ज्ञानपुञ्जलाई



बुटवल । प्याब्सन बुटवलले आयोजना गरेको अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा ज्ञानपुञ्ज इङलिस बोर्डिङ स्कूल विजयी भएको छ । १९ प्रतिष्पर्धी विद्यालयलाई पछाडि पर्दै ज्ञानपुञ्जले उपाधि चुमेको हो ।

त्यस्तै क्यानन बोर्डिङ स्कूल दृतीय भएको छ । तृतीय र सांन्त्वना क्रमस एभरेष्ट इङलिस बोर्डिङ स्कूल र दीप बोर्डिङ हाई स्कूल भएको भएका छन । विजयी विद्यालय र प्रतियोगी विद्यार्थीलाई मेडल, ट्रफी र प्रमाणपत्र सहित पुरस्कृत गरिएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बुटवलका अध्यक्ष कूलानन्द पाण्डेले जानकारी दिए ।

कार्यक्रममा उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले संस्थागत विद्यालय विकासमा नगर सधै तयार रहेको बताए । उनले निजी विद्यालयमैत्री ऐन कानून निर्माण गरी लगानी आकर्षित गर्ने वातावरण बनाउन नगरको ढोका सधै खुला रहेको उनको भनाइ छ । लोकसंस्कृति संरक्षण गर्न नगरले आवश्यक बजेट पनि विजियोजन गरेको उनले सुनाए ।

कार्यक्रममा प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले राज्यले संस्थागत र सामुदायिक विद्यालयलाई विभेद गरेको गुनासो गरे । उनले बुटवलमा सबै विद्यालयमा सेनेटरी प्याडको व्यवस्था मिलाउन नगरप्रमुखलाई आग्रह समेत गरे ।

प्याब्सन बुटवलका अध्यक्ष कूलानन्द पाण्डेले गुणस्तरीय शिक्षा प्रदान गरेका संस्थागत विद्यालयलाई राज्यबाट सिधै विभेदको व्यवहार भएको बताए । प्याब्सन बुटवलका उपाध्यक्ष मित्रहरि आचार्यको स्वागत तथा सचिव रामकृष्ण खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ९ : ५३ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर