३ चैत्र २०८१, आइतबार | March 16, 2025

२ खर्ब ३७ अर्बको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त



काठमाडौं । सरकारले एक वर्षमा २ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढीको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार सरकारले गत आर्थिक वर्ष २०७८/७९ मा उक्त अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको हो ।

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा सरकारले कुल २ खर्ब ३७ अर्ब ९१ करोड ७३ लाख रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त गरेको अर्थले जनाएको छ ।

प्राप्त अन्तर्राष्ट्रिय आर्थिक सहयाता प्रतिबद्धतामा ९३ अर्ब ३० करोड ७५ लाख अनुदान सहयोग र १ खर्ब ४४ अर्ब ६० करोड ९८ लाख रुपैयाँ ऋण सहायता रहेको छ ।

अन्तर्राष्ट्रिय आर्थिक सहयाता प्रतिबद्धतामध्ये १ खर्ब ११ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ पछिल्लो तीन महिना (२०७९ वैशाखदेखि असारसम्म)मा मात्र प्राप्त भएको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ४ : ४२ बजे

पूर्वविशिष्टको बढाउने होइन, सांसदहरुकै सुविधा घटाउनुपर्छ : प्रकाश ज्वाला

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले राज्यलाई भार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । अघिल्लो कारोबार दिन उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा

बलिवुडका चर्चित संगीतकार एआर रहमान अस्पताल भर्ना

काठमाडौं। बलिवुडका चर्चित संगीतकार एआर रहमान अस्पताल भर्ना भएका छन्

एक कठ्ठा जग्गामै ‘बाह्र क्विन्टल’ आलु

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा

राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्य सम्पादन