२८ भदौ २०८१, शुक्रबार | September 13, 2024

जापानमा बाँदर आतंक, मान्छेलाई हमला गर्ने बाँदरलाई गोली हानेर मारियो



टोकियो । जापानी सहरका बासिन्दाहरूलाई हप्तासम्म आतंकित गर्ने बाँदरहरूको गिरोहमध्येको एउटालाई पक्राउ गरी मारिएको अधिकारीहरूले बताएका छन् ।

उक्त भाले बाँदरलाई मंगलबार साँझ उच्च विद्यालयको मैदानमा विशेष कमिसनका शिकारीले फेला पारेका थिए । सुरुमा यसलाई बेहोस पारिएको थियो । त्यसपछि उक्त बाँदरलाई मारिएको थियो । मकाकले झण्डै ५० जनालाई घाइते बनाएका छन् ।

करिब ३ साताअघि वयस्क र बालबालिकामाथि आक्रमण सुरु भएदेखि अधिकारीहरूले बाँदरको शिकार गरिरहेका छन् । बाँदरले हल्का चिर्तोनेदेखि टोक्नेसम्म गरेका छन् । आक्रमणकारी बाँदरका अन्य सदस्यहरूको खोजी जारी रहेको अधिकारीहरूले बताएका छन् ।

आक्रमणकारी अन्य बाँदरहरूको पनि खोजी भइरहेको प्राप्त विवरणमा जनाइएको छ । ‘प्रत्यक्षदर्शीहरूले विभिन्न आकारका बाँदरले हमला गरेको बताएका छन् । नयाँ आक्रमणको रिपोर्टहरू पाइरहेका छौं’ कृषि मन्त्रालयका एक अधिकारीको भनाइ उदृत गर्दै एएफपीले जनाएको छ ।

सुरुमा केटाकेटी र महिलालाई मात्र आक्रमण हुने गरेकोमा बाँदरले पछिल्ला दिनमा वृद्ध र वयस्क पुरुषहरूलाई पनि निशाना बनाएको प्राप्त विवरणमा जनाइएको छ ।

 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ७ : ०२ बजे

बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु

बागलुङ । गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको

पलेशालाई सरकारले दिने नगद पुरस्कार ६५ लाख आज प्रदान गरिदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आज पारा

जिब्रो छेडेर मध्यपुर थिमिदेखि पशुपतिनाथसम्मको परिक्रमा यात्रा बुधबार

भक्तपुर । आगामी बुधबार येँया पुन्हिको दिन मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलबाट

भीमदत्त राजमार्ग अवरुद्ध

डडेल्धुरा । बुधबार बेलुकादेखि परेको निरन्तरका वर्षाका कारण पहिरो खस्दा

सकसपूर्ण मुक्तियात्रा : बाढी, कटान र पहिरोको चुनौती

म्याग्दी । मुस्ताङमा रहेका मुक्तिनाथ, दामोदरकुण्ड हिन्दू तथा बौद्ध धर्मवालम्बीहरूको