५ आश्विन २०८१, शनिबार | September 21, 2024

साफ यू-२० : बंगलादेशसँग घरेलु टोली भारत स्तब्ध



काठमाडौं । साफ यू-२० साफ च्याम्पियनसिप अन्तर्गत प्रतियोगितामा तेस्रो खेलमा बंगलादेशले लगातार दोस्रो जित निकाल्ने क्रममा घरेलु टोली भारतलाई २-१ अन्तरले स्तब्ध बनाएको छ ।

बुधबार भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा भारतले बल पकड राम्रो बनाएपनि फिनिसिङमा चुक्दा घरेलु मैदानमा पहिलो खेलमै पराजित हुन पुग्यो ।

खेलमा तीनै गोल पहिलो हाफमा सम्भव भएका थिए । खेलको २९ औं मिनेटमा बंगलादेशका मोहम्मद नोभाले गोल गर्दै अग्रता दिलाए । उनले भारतीय डिफेन्डरको गल्तीको फाइदा उठाउँदै बक्स भित्रबाट सहज गोल गरे । तर, ३५ औं मिनेटमा भारतका गुर्किरात सिंहले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । उनले बक्स भित्रबाट हेड गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा नोभाले पेनाल्टीमा ब्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई २-१ को जित दिलाए । भारतका डिफेन्डरले बंगलोदशका खेलाडीलाई बक्स भित्र फाउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

यस अघि बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई १-० ले हराएको थियो । दोस्रो जितसँगै ६ अंक जोडेको बंगलादेश तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । साविक विजेता भारतको भने कुनै अंक छैन ।

बुधबारै हुने दोस्रो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति सवा ७ बजे सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४-० को नतिजामा हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरिसकेको छ । नेपाल समेत लगातार दोस्रो जित निकाल्ने दाउमा छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ६ : ३१ बजे

भेरी अस्पतालमा प्रत्यक्ष शल्यक्रिया गरेर नयाँ शल्यक्रिया कक्षको उदघाटन

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जले आजदेखि नव निर्मित नयाँ भवनबाट

परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र रोमानियाका विदेशमन्त्री

जापानको फुजिसावामा डुङ्गा डुब्दा कम्तीमा १० यात्रु बेपत्ता

टोकियो । जापानको कानागावा प्रान्तको एक सहरमा एउटा डुङ्गा पल्टिँदा

पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि

गण्डकी । कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेङ्गी

देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस-एमालेको सरकार बनेको हो : सञ्चारमन्त्री गुरुङ

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं सञ्चार