२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

टहरा भत्काएपछि छाप्रा बनाएर बसेकाहरूले घेरे पोखरा महानगर



पोखरा । पोखराका भूमिहीन सुकुम्बासी भनिएका केही व्यक्तिहरुले महानगरको कार्यालय घेरेका छन् । आफूहरूको बसिरहेको छाप्रो भत्काएको विरोधमा उनीहरूले महानगरमा घेराउ गरेका हुन् ।

केही समयअघि पोखरा महानगरले ३३ नम्बर वडामा डोजर लगाएर छाप्रा भत्काएको थियो । ति छाप्राहरु अवैध रुपमा जग्गा पाउने आसले रातारात बनेको भन्दै भत्काइएको महानगरले जनाएको छ ।

अखिल नेपाल भूमिहीन सुकुम्बासी संघले महानगरको कामप्रति विरोध जनाउँदै प्रदर्शन गरेको हो । संघका कास्की सचिव काजी गुरुङले मेयरको कार्यशैली विभेदपूर्ण भएको आरोप लगाए । ‘सुकुम्बासीको बस्तीमा दानवीय काम भयो । छाप्रा भत्काउनु अन्याय हो,’ उनले भने, ‘हामीलाई गरिखान दिएन । जग्गा जमिन महानगरले खोस्यो ।’

उनले जनताको समस्यामा गम्भीर हुन मेयर धनराज आचार्यको ध्यानाकर्षण गराए । पोखरा महानगरपालिकाले गत हप्ता पोखरा ३३ दुई पिप्लेस्थित सुकुम्बासी बस्तीमा निर्मित अस्थायी टहराहरू बल प्रयोग गरी हटाएको थियो । अहिले कास्कीमा पनि बास्तविक सुकुम्बासीलाई जग्गा वितरणको लागि तयारी अन्तिम चरणमा पुगेको छ । यही मौका छोपेर ठाउँठाउँमा नयाँ बस्तीहरु बस्न थालेका छन् ।

 

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ४ : ३५ बजे

स्वास्थ्य मन्त्रालयद्वारा निःशुल्क प्राप्त हुने सेवासम्बन्धी विवरण सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त

नेपालमा राजतन्त्रको सम्भावना छैन : प्रकाशशरण महत

धनुषा । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपालमा राजतन्त्रको

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद

काठमाडौं । काठमाडौंको तीनकुने घटनामा मुछिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि

दीपमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

बुटवल । बुटवल-८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले उत्कृष्ट