१ बैशाख २०८२, सोमबार | April 14, 2025

माग सम्बोधन नभए कर्णालीको सदन र सरकारका कुनै पनि गतिविधिमा सहभागी नहुने माओवादीको निर्णय



सुर्खेत । माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले माग सम्बोधन नभए सदन र सरकारका कुनै पनि गतिविधिमा सहभागी नहुने निर्णय गरेको छ ।

बुधबार दिउँसो बसेको दलको बैठकले उक्त निर्णय गरिएको माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णा शाहले जानकारी दिइन् ।

माओवादीले मुख्यमन्त्री जीवनबहादुर शाहीको कार्यशैली ठिक नभएको बताएको छ । ‘सत्ता साझेदार दल माओवादीलाई पूर्णरूपमा बेवास्ता गरेको दलको निष्कर्ष छ,’ उनले भनिन्, ‘विगतमा पनि गठबन्धनको सरकार थियो । मुख्यमन्त्रीज्यूले माओवादीलाई निस्तेज पार्न खोज्नुभयो ।’

सचेतक शाहकाअनुसार सत्ता साझेदार दलहरूसँग आफूहरूले उठाएका विषयमा छलफल गर्न दलका नेता तथा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई जिम्मेवारी दिने निर्णय गरिएको छ । उनले सभामुखको भूमिकासमेत निष्पक्ष नभएको बताइन् ।

माओवादीले शहीद स्मृति भत्ता, घाइते अपांगताका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरेको योजना वर्तमान सरकारले कार्यान्वयन नगरी बजेट फ्रिज गराएको, सरकारकै कारण माओवादी केन्द्रको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत समिति नेतृत्वविहीन बनेको, शान्ति पुनःस्थापना, सिंजा सभ्यता संरक्षण, पर्वतीय विश्वविद्यालय, आमसञ्चार विधेयकलगायतका महत्वपूर्ण विधेयक पारित हुनुपर्ने अडान कायमै राखेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ४ : ४० बजे

माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष प्रचण्ड

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका

जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

पाल्पामा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु छोरा घाइते

पाल्पा । पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु