३० चैत्र २०८१, शनिबार | April 12, 2025

भारत-चीन सैन्य वार्ताः रचनात्मक र फलदायी छलफल भएको दुबै देशको भनाइ



नयाँ दिल्ली । भारत र चीनले सोमबार आइतबार आयोजित १६ औँ चरणको कोर्प्स कमाण्डर-स्तरीय बैठक रचनात्मक रुपमा सम्पन्न भएको जनाएको छ ।

वार्ताले पूर्वी लद्दाखमा बाँकी रहेका मुद्दाहरूको समाधान र शान्ति पुनस्र्थापना गर्न सहयोग गर्ने दुबै देशले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

दुबै पक्षले निकट भविष्यमा सकारात्मक नतिजाको अपेक्षा गरेका छन् । दबै पक्षहरू निकट सम्पर्कमा रहन र सैन्य तथा कूटनीतिक च्यानलमार्फत वार्ता गर्न सहमत भएका छन् ।

त्यस्तै, बाँकी मुद्दाहरूको चाँडो भन्दा चाँडो पारस्परिक रूपमा स्वीकार्य हुने गरी समाधान गर्न दुबै पक्ष सहमत भएका भारत-चीन संयुक्त विज्ञप्तिमा भनिएको छ ।

दुवै पक्ष पश्चिमी क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्न सहमत भएका छन् । भारत-चीन कोर्प्स कमाण्डर स्तरको १६ औं चरणको बैठक भारततर्फको चुसुल-मोल्डो सीमा बैठक बिन्दुमा सम्पन्न भएको थियो । बैठकमा दुबै पक्षबीच खुलेर विचार आदानप्रदान भएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ७ : ४५ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको