७ आश्विन २०८१, सोमबार | September 23, 2024

श्रीलंकाको पछिल्लो अवस्थाबारे के भन्छ आईएमएफ ?



कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) आईएमएफले श्रीलंकामा चलिरहेको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ ।

श्रीलंकाको राजनीतिक संकट चाँडै समाधान हुने र त्यसले आईएफएफले सहयोग गरेका कार्यक्रमबारे वार्ता पुनः वार्ता सुरु हुने पनि आईएमएफले विश्वास गरेको छ ।

आईएमएफले अर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्री विक्रमासिंघेसँग नीतिगत तहको वार्ता सम्पन्न गरेको छ र केही आर्थिक समस्या समाधान हुन बाँकी रहेका जनाएको छ । तर, प्रधानमन्त्री विक्रमासिंघेले केही दिनमा राजीनामा दिने घोषणा गरेकाले वार्ताको भविष्य अन्यौलमा परेको छ ।

‘हामी श्रीलंकामा चलिरहेको घटनाक्रमलाई नजिकबाट हेरिरहेका छौँ’, श्रीलंकाका लागि आईएमएफ वरिष्ठ मिसन प्रमुख पिटर ब्रुअर र आईएमएफ मिसन प्रमुख मासाहिरो नोजाकीले आइतबार एक विज्ञप्तिमा भनेका छन् ।

‘हामी वर्तमान अवस्थालाई समाधान गर्ने आशा गर्दछौं जसले आइएमएफ समर्थित कार्यक्रममा हाम्रो वार्ता पुनः सुरु गर्न अनुमति दिनेछ । हामी वित्त मन्त्रालय र श्रीलंकाको केन्द्रीय बैंकमा हाम्रा समकक्षहरूसँग प्राविधिक छलफल जारी राख्ने योजना गर्छौ’, इकोनोमी नेक्स्टले रिपोर्ट गरेको छ ।

यसैबीच, केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिंघेले मौद्रिक कार्यक्रमको लक्ष्य पूरा भएको बताएका छन् ।

श्रीलंकाका हजारौं सरकार विरोधी प्रदर्शनकारीहरूले शनिबार कोलम्बोको उच्च सुरक्षा किल्ला मानिएको राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गरेका थिए ।

यसैबीच, राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार बिहान सेनाको एउटा विमानमा चढेर देश छाडेका छन् । ७३ वर्षीय गोटाबाय स्थानीय समयअनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ ।

राजपाक्षेको प्रस्थानले श्रीलंकामा दशकौंसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य गरेको छ । शनिबार उनको निवासमा भीडले आक्रमण गरेपछि उनी लुकेर बसेका थिए । त्यस्तै गोटाबायका भाइ तथा पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेको बीबीसीले जनाएको छ । दुवई जाने पहिलो प्रयास असफल भएपनि उनी अमेरिका जान सफल भएका छन् ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ९ : ४४ बजे

सर्वोच्चले पत्रकार महासंघलाई सोध्यो- निर्वाचन समयमा किन हुन सकेन ?

काठमाडौं । सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमा

साफ यू –१७: श्रीलंकामाथि नेपालको फराकिलो जित

काठमाडौँ ।  साफ यू –१७ च्याम्पियनसिप अन्तर्गत  नेपालले श्रीलंकाविरुद्ध फराकिलो

दिल्लीकी मुख्यमन्त्री आतिशी बसिनन् मुख्यमन्त्रीको कुर्सीमा, किन राखिन खाली कुर्सी ?

काठमाडौँ । भारतको दिल्लीकी मुख्यमन्त्री आतिशी मरलानले आजदेखि आफ्नो कार्यभार

आवश्यक उपस्थिति सङ्ख्या नपुगेपछि संसदीय सुनुवाई समतिको बैठक निष्कर्षविहीन

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत संसदीय सुनुवाइ समितिले श्रीलङ्काका लागि प्रस्तावित

छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अनुमति

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन