२३ भदौ २०८१, आइतबार | September 8, 2024

विभाजनतर्फ जसपा : बाबुरामले लगाए उपेन्द्रलाई पार्टी कब्जा गर्न खोजेको आरोप (दस्तावेजसहित)



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल अन्ततः विभाजनको अन्तिम संघारमा पुगेको छ । पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले अध्यक्ष उपेन्द्र यादवमाथि पार्टी कब्जा गर्न खोजेको आरोप लगाउँदै काठमाडौंमा केन्द्रीय कार्यसमिति बैठक आयोजना गरेको छ ।

मंगलवार काठमाडौंमा आयोजित केन्द्रीय कार्यसमितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै भट्टराईले संख्यात्मक रुपमा पनि आफनो पक्षमा नै बहुमत रहको दाबीसमेत गरे ।

अध्यक्ष भटटराईले अर्का अध्यक्ष यादव पक्षले बैठक अवैध भनेकोप्रति लक्षित गर्दै यादव पक्षले इतिहासलाई भुलेर गरेको कुराको कुनै सत्यता नरहेको जिकिर गरे ।

अध्यक्ष भटटराईले तत्कालीन कार्यकारिणी अध्क्यक्ष महन्थ ठाकुर अलिग्गएपछि खालि रहेको पदमा समेत जनजातीलाई राख्ने आफनो प्रस्तावलाई अध्यक्ष यादवले नमानेको बताए । उनले पार्टी दर्ता गराउँदा देखेको आफ्नो सपनामा कुठाराघात भइरहेको बताए । उनले पार्टीमाथि ठूलो संकटको बादल मडारिएको उल्लेख गर्दै पार्टीलाई रुपान्तरण गरेर अघि बढन नसके झनै ठूलो दुर्घटना निम्तिने बताए । उनले अर्का अध्यक्ष यादवलाई नतर्सिन चुनौती दिँदै अवैध ढंगबाट गलत मनशायका साथ बोलाएको गुटको बैठकलाई मान्यता नदिने दाबी गरे ।

अध्यक्ष भटटराईले भन्नुभयो, ‘जनता समाजवादी पार्टी भनेको देशमा वैकल्पिक शक्तिको रुपमा स्थापना गरेको पार्टी हो । संख्याको बहुमत पनि हामीसँग छ । कथम कदाचित निरुपण हुँदै गएछ भनेपनि वैचारिक हिसावले यसको मुल मर्म हो, संघीयता, सुशासन, समाजवाद र समृद्धिको जुन मुल आधार तत्व हुन त्यसलाई बचाएर पार्टीलाई जोगाएर ल्याउने श्रेय हामीलाई छ । हामी यहाँ छाँै । त्यसैले यो बैठक अवैध, आद इत्यादी भन्छन भने तिनले जस्तो इतिहासलाई बंग्याउने काम, झुट बोल्ने काम कसैले पनि गरेको छैन । यो ठोकुवासाथ भन्न चाहन्छु । लुकाउने कुरा नै छैन । हामीले यहाँ यसरी बैठक गरिरहेका छौँ, हाम्रो कार्यकारिणी अध्यक्ष उपन्द्र यादव ले आफनै ढंगले वीरगञ्जमा बैठक बोलाइ दिनुभयो । गत साल महन्थ ठाकुरजीले छोडेपछि एउटा कार्यकारिणी अध्यक्ष खालि थियो । मैले जनजाती एकजना जो भएपनि बनाउनुपर्छ भने तर मेरा मित्र उपेन्द्र यादवजीलाई डर थियो वा के थियो मान्नुभएन । अहिलेसम्म पनि मान्नुभएको छैन । हामीले देखेको पार्टीको सपनामा गम्भीर कुठाराघात भइरहेको छ । यो पार्टीमाथि ठूलो संकटको बादल मडारिएको छ । त्यसैको समाधान गर्न बिस्तारित बैठक बोलाएका छौँ । कुनैपनि बाआमाले आफनो सन्तानलाई मार्दैन । त्यसैले यो पार्टी हामीले जन्माएको हो, फुटबाट जोगाएको हो र अहिलेपनि पार्टीलाई रुपान्तरण गर्ने हाम्रो मनशाय हो । म मेरा मित्र उपेन्द्र यादवजीलाई अहिलेपनि नतर्सिन, नडराउन, हिम्मतका साथ फेस गर्न वैधानिक ढंगले बैठक राख्न चुनौती दिन्छु । तपाईले अवैध ढंगले, जुन गलत मनशायका साथ गुटको मात्रै बैठक अपायकमा राख्नुभएको बैठक तत्काल स्थगित गर्नुहोस । यहाँ आउनुस । तर स्वेच्छाचारी ढंगल हर्कत गर्नुहुन्छ भने त्यसलाई वैधता दिन सकिँदैन ।’

अध्यक्ष भटटराईले नेपालका दल र सरकार नसच्चिए श्रीलंकाकै बाटोमा देश पुग्ने दाबी गरे । उनले नेपालमा पनि सरकार र राजनीतिक दलहरुमा आसेपासे र अहंकारी प्रवृत्तिको विकास भइरहेको उल्लेख गरे । अध्यक्ष भटटराईले राज्यसत्तामा गएकोले राज्य सत्ताको दुरुपयोग गरिरहेको उल्लेख गर्दै सत्तामा जाने भनेकै देश लुटनका लागि भएको दाबी गरे ।

उनले भने, ‘श्रीलंकामा राजापक्ष परिवारमा जे गरेपनि हुन्छ भन्ने अहंकार आएपछि देश कस्तो भयो, उनीहरुले जति भ्रष्टाचार गरे, आसोपासेलाई पदमा राखेर आएको परिणाम नेपालमा त भएको छैन ? यहाँ प्रत्येक पार्टीभित्र त्यही किसिमको आसेपासो भएको छ । राज्यसत्तामा गएकोले राज्य सत्ताको दुरुपयोग गरेको छ । सत्तामा जाने भनेकै लुटेर धन कमाउने भएको छ । धन प्रयोग गरेर चुनाव जित्ने र फेरि राज्य सत्तामा पुगेर राज्यसत्ताको दुरुपयोग गर्ने यो दुःष्चत्रमा नेपाल फसेको छ । नेपाल पनि त्यही गम्भीर संकटमा छ ।’

अध्यक्ष भटटराईले धन प्रयोग गरेर चुनाव जित्ने र फेरि राज्य सत्तामा पुगेर राज्यसत्ताको दुरुपयोग गर्ने यो दुःष्चत्रमा नेपाल फसेको दाबी गरे । उनले नेपाल पनि श्रीलंका जस्तै गम्भीर संकटमा रहेको उल्लेख गरे ।

[pdf-embedder url=”https://www.khabarkura.com/wp-content/uploads/2022/07/baburam-Report-jasapa.pdf”]

 

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  २ : ४५ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर