५ आश्विन २०८१, शनिबार | September 21, 2024

एन्फा कार्यसमिति बैठक साउन पहिलो साता



काठमाडौं । अखिल नेपाल फुटबल संघ  (एन्फा)को कार्यसमिति बैठक साउन पहिलो साता बस्ने भएको छ ।

एन्फा महासचिव किरण राईले कार्यसमिति बैठक २ साउन (सोमबार)मा बस्ने न्युज कारखानालाई जानकारी दिए ।

राईका अनुसार बैठकको मुख्य एजेन्डा स्थगित नेपाल सुपर लिग (एनएसएल) रहेको छ । साथै असन्तुष्ट रहेका चार क्लब (थ्रीस्टार, मनाङ मर्स्याङ्दी, संकटा र न्युरोड टिम एनआरटी) र एन्फाको बैठकले प्रतियोगिता रद्द गर्न कार्यसमिति बैठकमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

आइतबारनै एन्फाले एनएसएल आयोजक नेपाल स्पोर्टस् इभेन्ट एण्ड म्यानेजमेन्टसँग अनौपचारिक छलफल गरेको हो । छलफलमा मिलेर जाने र आगामी कार्यसमितिको बैठकले जेसुकै निर्णय गर्नसक्ने महासचिव राईले बताए ।

‘उहाँहरूसँग अनौपचारिक छलफल भएको हो । हामीले २ साउनको कार्यसमितिले निर्णय लिन्छ भनेका छौं,’ राईले भने । एन्फा मुख्यालयमा भएको भेटमा एनएसएलतर्फबाट निर्देशक श्रेयन्स कार्की र सिइओ सुदीप शर्माको उपस्थिति थियो । यता, एन्फाबाट अध्यक्ष पंकजविक्रम नेम्बाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का (बच्चु) र महासचिव राई थिए ।

गत चैतमै हुनुपर्ने प्रतियोगिता विवादका कारण स्थगित छ । यद्यपि, अघिल्लो कार्यसमितिले प्रतियोगिता २१ भदौदेखि १० कात्तिकसम्म गर्न स्वीकृति दिएको छ ।
अब, प्रतियोगिता हुने या नहुने अथवा कुन स्तरको हुने यसबारे आगामी बैठकले तय गर्नेछ । जुन बैठक ६ असारमा निर्वाचित पदाधिकारीको दोस्रो हुनेछ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  २ : ५२ बजे

ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’

दाङ । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले

तिलिचो ताल पुग्न नयाँ पदमार्ग

म्याग्दी । मनाङको तिलिचो ताल जोड्ने नयाँ पदमार्ग सञ्चालनमा आएको

‘चुनावमा एक्लै लड्ने प्रतिबद्धता लोकतन्त्र र देशका लागि हितकर हुनेछ’

दाङ । नेपाल कम्यनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

विराटनगर । कोशी प्रदेश सभाको चालु पाँचौँ अधिवेशन अन्त्य भएको