५ आश्विन २०८१, शनिबार | September 21, 2024

बागलुङले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि



पोखरा । बागलुङ जिल्लाले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीले आयोजना गरेको प्रतियोगितामा बागलुङले १० स्वर्ण, १३ रजत र ४ कास्यसहित उपाधि जितेको हो ।

दोस्रोमा रहेको नवलपुरले ९ स्वर्ण, ६ रजत जित्दा स्याङ्जा ६ स्वर्ण २ रजत र २ कास्य पदक सहित तेस्रो स्थानमा रह्यो । उपाधि सहित बागलुङले रनिङ शिल्ड सहित नगद ३० हजार, दोस्रो हुने नवलपुरले नगद २० हजार र तेस्रो स्थान प्राप्त गरेको स्याङ्जाले नगद १० हजार प्राप्त गरेका छन् ।

बिहीबार र शुक्रबार पोखरा रंगशालामा भएको प्रतियोगितामा बागलुङले उशुमा ३ स्वर्ण र २ रजत, कराँतेमा १ स्वर्ण, २ रजत र २ कास्य, तेक्वान्दोमा ३ स्वर्ण र ३ रजत, एथलेटिक्समा २ स्वर्ण ४ रजत १ कास्य, भलिबल छात्र तर्फ एक कास्य र छात्रतर्फ एक स्वर्ण पदक हात पारेको छ ।

प्रतियोगिताबाट राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डका लागि विभिन्न ६ खेलका १ सय ११ जना खेलाडी छनौट गरिएको छ । उनीहरूलाई दुई दिन सम्म पोखरामा बन्द प्रशिक्षणमा राखिने र असार २७ गते काठमाडौं पठाइने सदस्य सचिव तेजबहादुर गुरुङले बताए ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ७ : १४ बजे

ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’

दाङ । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले

तिलिचो ताल पुग्न नयाँ पदमार्ग

म्याग्दी । मनाङको तिलिचो ताल जोड्ने नयाँ पदमार्ग सञ्चालनमा आएको

‘चुनावमा एक्लै लड्ने प्रतिबद्धता लोकतन्त्र र देशका लागि हितकर हुनेछ’

दाङ । नेपाल कम्यनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

विराटनगर । कोशी प्रदेश सभाको चालु पाँचौँ अधिवेशन अन्त्य भएको