१२ मंसिर २०८१, बुधबार | November 27, 2024

रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो



रामेछाप । रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

रामेछापबाट रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस मंगलबार बिहान लुभुघाटमा दुर्घटना हुँदा घटनास्थलमा नौ जना र तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

‘बस दुर्घटनामा घटनास्थलमा नौ जनाको र काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा थप तीन जनाको मृत्यु भएको छ,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजु ढकालले जानकारी दिए ।

उनका अनुसार मृतकको पहिचान भइसकेको छैन । मृत्यु हुनेमा सात जना पुरुष र पाँच जना महिला रहेका प्रहरी निरीक्षक ढकालले बताए ।

दुर्घटनामा घाइते भएका २२ जनाको काभ्रेमा उपचार भइरहेको छ । धुलिखेलमा २१ जना र बनेपामा एक जना घाइतेको उपचार भइरहेको जानकारी दिएका ढकालले हेलिकप्टरबाट उद्धार गरिएका तीन जनाको कहाँ उपचार भइरहेको भन्ने एकीन नभएको जानकारी दिए ।

‘तीन जना घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको थियो । उनीहरुको कहाँ उपचार भइरहेको छ, एकीन भएको छैन,’ उनले भने, काभ्रेमा उपचार भएका २२ जनामध्येमा छन् कि अन्त कतै लगिएको र उपचार भइरहेको छ, खुल्न बाँकी छ ।’

रामेछापको हिलेदेवीबाट छुटेको सो बस मंगलबार बिहान सवा १० बजे लुभुघाटमा दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण पत्ता नलगाए पनि मोडमा कटाउन नसक्दा दुर्घटना भयो कि भन्ने अनुमान गरिएको निरीक्षक ढकालले बताए ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  २ : १२ बजे

प्रधानमन्त्रीलाई चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अवरोध र बिरोधसंग नडराउन सुझाव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता

झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापामा जीपले मोटरसाइकललाई ठक्कर दिँदा घाइते

फलेटार र घुन्सा क्षेत्रमा परीक्षणका रूपमा स्याउखेती

ताप्लेजुङ । फक्ताङ्लुङ गाउँपालिका-६ घुन्सा र फलेटारका स्थानीय र केही

वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानी

धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका-११ का दुई युवाले च्याउखेतीबाट मनग्य

राष्ट्रिय गौरवका आयोजना : अपेक्षित प्रगतिको प्रतीक्षा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत आठ वटा