८ माघ २०८१, मंगलबार | January 21, 2025

अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानसेनापति शर्मालाई जंगी अड्डामा स्वागत



काठमाडौं । नेपालमा अमेरिकासँग गरिएको भनिएको एसपीपी सम्झौताको चर्को बिरोध भइरहेका बेला अमेरिकाको भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्केका छन् । अमेरिकासहितको भ्रमण पूरा गरी प्रधान सेनापति शर्मा स्वदेश फर्केका हुन् ।

स्वदेश फर्किएका प्रधानसेनापति शर्मालाई जंगीअड्डामा औपचारिक रुपमा स्वागत गरिएको छ । प्रधानसेनापति शर्मा आइतबार स्वदेश फर्किए पनि सोमबार औपचारिक रुपमा जंगीअड्डामा स्वागत गरिएको हो ।

लेवनान, सिरिया, अमेरिका तथा राष्ट्रसंघीय मुख्यालयको दुई साता लामो भ्रमण पूरा गरी स्वदेश फर्किएका उनलाई सोमबार बिहान सैनिक मुख्यालय जंगीअड्डामा सेनाको गार्ड अफ अनरसहित स्वागत गरिएको हो ।

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले अमेरिकी रक्षा मन्त्रालयका अधिकारी र अमेरिकी उच्च सैनिक अधिकारी तथा न्युयोर्कमा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ७ : ३४ बजे

सन्दीप लामिछाने परे क्यानको कारबाहीमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडी सन्दीप लामिछानेलाई कारबाही

धरानलाई खानेपानी माग्दै खानेपानी मन्त्रालय पुगे धरानका मेयर हर्क साम्पाङ

काठमाडौं । धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका

राष्ट्रपति पौडेलद्वारा माघ १८ गते संसद् अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को