२ माघ २०८१, बुधबार | January 15, 2025

हेलिकोप्टरको विश्राम पनि तोकिएकै स्थलमा



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ५ गते जारी गरेको नयाँ नियमअनुसार आज ९सोमबार०देखि हेलिकोप्टर ९रोटर विङ्स०ले समेत तोकिएकै बेसमा रात्रि विश्राम गर्नुपर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन वायुसेवा सञ्चालक सङ्घलाई तोकिएको आधार (अपरेटिङ बेस) अनुसार रातको समयमा उपत्यकाबाहिरको विमानस्थलमा पार्किङ गर्न निर्देशन दिएको थियो ।

आन्तरिकतर्फका हवाई कम्पनीले गत १४ गतेदेखि मोफसलका विमानस्थलमा रात्रि विश्राम गरेर पहिलो उडान सुरु गरिसकेका छन् । आन्तरिकतर्फका १७ वटा विमान (फिक्स विङ्ग)ले रात्रिकालीन बेसअनुरूप उडान सुरु गरेको एक सातापछि हेलिकोप्टर कम्पनीले समेत सोही नियमअनुसार सोमबारदेखि तोकिएकै बेसबाट पहिलो उडान सुरु गर्ने भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोमबारदेखि ११ वटा हेलिकोप्टर कम्पनीका ३८ वटा हेलिकोप्टरमध्ये १४ वटा हेलिकोप्टरले रात्रि विश्रामका लागि काठमाडौंबाहिर जानुपर्ने भएको छ । २४ वटा हेलिकोप्टरले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रात्रि विश्रामको सुविधा पाउने उनले बताए ।

उनले भने, “हेलिकोप्टरको रात्रि विश्राम जहाजको जस्तो तोकिएकै विमानस्थलमा नहुन सक्छ । हेलिकोप्टरले सिजन र व्यवसायअनुसार उडान भर्नुपर्ने भएकाले सबै कम्पनीका गरेर काठमाडौंमा २४ र काठमाडौंबाहिर १४ वटा हेलिकोप्टर कम्पनीले रात्रि विश्राम गर्नुपर्ने नियम लागू गरिएको छ ।” उनका अनुसार हेलिकोप्टरले दिउँसोभर जहाँ उडान भरे पनि रात्रि विश्रामा लागि सुरक्षा र पूर्वाधार भएको ठाउँमा जानुपर्नेछ । काठमाडौँमा कम्पनीले पाएभन्दा बढी सङ्ख्यालाई रात्रि विश्राम अनुमति दिइने छैन ।

सोमबारदेखि लागू भएको नयाँ नियमअनुसार अल्टिच्युड एयरका दुई, एयर डाइनेस्टीका तीन, हेली एभरेस्टका दुई, मनाङ एयरका दुई, कैलाश हेलिकोप्टरका तीन, मुस्ताङ एयरको एक, फिस्टेलका तीन, प्रभु हेलिकोप्टरका दुई, सिम्रिक एयरका तीन र श्री एयरका तीन हेलिकोप्टरले त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रि बिसान गर्न पाउने छन् । माउन्टेन एयरको एक, एयर डाइनेस्टीको एक, प्रभुका चार, सिम्रिकका दुई र श्री एयरका पाँचवटा हेलिकोप्टरले भने रात्रि बिसानका लागि मोफसलका विमानस्थलमा जानुपर्नेछ ।

प्राधिकरणका अनुसार अल्टिच्युड एयरसँग दुई, एयर डाइनेस्टीसँग चार, हेली एभरेस्टसँग दुई, मनाङ एयरसँग दुई, कैलाश हेलिकोप्टरसँग तीन, मुस्ताङ एयरसँग एक, फिस्टेल एयरसँग तीन, प्रभुसँग छ, सिम्रिक एयरसँग पाँच र श्री एयरसँग आठवटा हेलिकोप्टर रहेका छन् ।

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान उडान चाप नियन्त्रण र हवाई सुरक्षा सुदृढीकरणका लागि हेलिकोप्टर कम्पनीलाई अनुमति लिएकालाई बेसमै जान निर्देशन दिएको हो ।

यसअघि प्राधिकरणले आन्तरिकतर्फका जहाज पार्किङका लागि बाहिरका विमानस्थलमा जानुपर्ने नियम लागू गरिसकेको छ । उक्त नियम पूर्ण रूपमा पालनामा आएसँगै काठमाडौँ बाहिरका छवटा क्षेत्रीय विमानस्थलमा रात्रि विश्राम हुँदै आएको छ । मोफसलबाटै पहिलो उडान हुन थालेपछि काठमाडौं आएका यात्रु दिनभरको काम सकेर बेलुकाको उडानबाट घर फर्किन थालेका छन् । आजको गोरखापत्र दैनिकमा मीनराज भण्डारीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ७ : ०२ बजे

लमजुङमा बढ्यो धान उत्पादन

लमजुङ । लमजुङमा यसवर्ष धान उत्पादन बढेको छ । अनुकुल

सामाजिक सञ्जालको सदुपयोग गर्दा…

नवलपुर । सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न

संसदमा विपक्षी दलहरुको बैठक बस्दै

काठमाडौं । संघीय संसदमा विपक्षी दलहरुको बैठक बस्न लागेको छ

दक्षिण कोरियाका राष्ट्रपति पक्राउ

सोल । महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति योन सुक योललाई

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ