३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

जुम्लामा जिल्ला स्तरीय कृषि मेला : चिनोदेखि, भाँगोसम्म प्रदर्शनी



जुम्ला । जुम्लामा जिल्ला स्तरीय कृषि मेला प्रदर्शनी भएको छ । जुम्लाका कृषकले उत्पादन गरेको बिभिन्न कृषि जन्य उत्पादनहरु प्रदर्शनीमा राखेको हो ।

उत्कृष्ठ कृषक समूह, सहकारी, कृषकहरुलाइ नगद प्रमाणपत्र प्रदान गरिएको छ । तिलागाउँपालिका १ की मेनका बुढा कृषि विकास कार्यालय जुम्लाले आयोजना गरेको कृषि मेलामा तेलन बाली भाँगो प्रशर्दनी गरेकी थिइन् । उनी द्वितीय भइन् । उनलाइ नगद, प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको छ । जिल्लाभरका कृषकलाई कृषि मेलामा सहभागि हुन भने पनि मौसमका कारण र भौगोलिक बिकटताका कारण सबै कृषक सहभागी हुन नसकेको कृषि बिकास कार्यालय जुम्लाले बताएको छ ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आर्चायले तेलहन,दलहन र फलफूलले भरिपूर्ण रहेको मेला खुल्ला ठाउमा हुनु पर्ने बताए । बिगतको स्मरण गर्दै कुनै बेला हरितालिका९ तिजको० बेला यस्ता मेला हुने गरेको बताए ।

कृषि प्रदर्शशनी मेलामा आठवटा बाली समूहको सहभागीता रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताए । उनले भने, तेलन,बाली, दलन बाली , फलफूल बाली, नगदे बाली, तरकारी बाली, बिविध बाली लगायतका जुम्लामा उत्पादन भएको बस्तुको प्रदर्शनी गरिएको हो ।

त्यस्तै जुम्लाको अर्गानीक तरकारी तथा फलफुल उत्पादन बढ्दो रहेकोले सबैले कृषिमा ध्यान दिन चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले बताए । उनले भने, ुमेलाले कृषकलाइ उत्साहित जागरुक बनाएको छ । यस्ता कार्यक्रम प्रदेश सरकारले कृषिका लागि अझै धेरै सहयोग गर्ने प्रतिबद्धता गरेको छ । स्याउ, ओखर, मुला, काँख्रा, चिनो, कागुनो, भटमास, फर्सि , भटमास, मास , मसुरो , जौँ , गेरास , भाँगो, तोरी ,मार्से लगायतका अन्य कृषी उत्पादन राखिएका छन् ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले कृषि उत्पादनमा सबै भन्दा बढी महिलाको सहभागीता बढेको बताइन् । उनले भनिन्,’पुरुषको तुलनामा महिलालाई कार्याबोझ बढी देखिन्छ । महिलाले उत्पादन गरेको तरकारी नगरपालिकाले बारीमै पुगेर ल्याइदिने गरेको खण्डमा महिलाको कार्यबोझमा कमी ल्याउन सकिन्छ ।ु

जुम्लाका महिला आफैं तरकारी बोकेर बजारसम्म ल्याउने गरेका छन् । आफूले उत्पादन गरेको तरकारी स्थानीय सरकारले सहज बजार कारणको ब्यवस्था नगरेका कारण डोकोमा तरकारी बोकेर तीन घण्टाको पौदल यात्रा गर्न बाध्य छन् । जिल्ला स्तरीय प्रदर्शनी कृषि मेलामा ४१ जना किसानले भाग लिएका थिए ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ९ : ३३ बजे

वैकुण्ठधाम आध्यात्मिक महोत्सव सम्पन्न, ३ करोड बढी संकलन

नेपालगन्ज । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम

हेलो रोबोट ! तिम्रो नाम के हो ?

काठमाडौं । हेलो रोबोट ! तिम्रो नाम के हो ?

रवि लामिछानेलाई रुपन्देहीबाट पोखरा लगियो

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

अनुमति नलिइ वन्यजन्तु पाल्ने दुई जना पक्राउ

चितवन , जङ्गली बँदेल पालेको आरोपमा दुई जनालाई पक्राउ गरिएको

‘मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा-२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार

काठमाडौं । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त