२७ पुस २०८१, शनिबार | January 11, 2025

रोल्पा कारागारभित्र आत्महत्या प्रकरण : छानविन प्रतिवेदन पेश



रोल्पा । रोल्पा जिल्ला कारागारमा कैदी सुन्दर हरिजनले गरेको आत्महत्याबारे छानविन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको छ ।

उक्त घटनाका सम्बन्धमा मन्त्रालयका सहसचिव सूर्य सेढाईँ नेतृत्वको समितिले स्थलगतरूपमा सत्यतथ्य छानविन गरी तयार पारेको प्रतिवेदन मङ्गलबार गृहमन्त्री खाणलाई बुझाएको हो । गृहमन्त्री खाणले कैदी हरिजनको जेल स्थानान्तरण र आत्महत्याबारे तयार भएको प्रतिवेदनमा समेटिएका विषय कानुनअनुरुप कार्यान्वयनको प्रक्रियामा लगिने बताएका छन् ।

रोल्पा कारागार कार्यालयमा गत जेठ ४ गते हरिजनले झुण्डिएर आत्महत्या गरेका थिए । प्रतिवेदनले दोषी औँल्याएकालाई कानुनअनुरुप कारबाहीको प्रक्रिया सुरु गरिने गृहमन्त्री खाँणले प्रतिबद्धता जनाएका छन् । घटनाबारे छानविन गर्न सहसचिव सेढाईँको संयोजकत्वमा मन्त्रीस्तरीय निर्णयबाट जेठ १७ गते ५ सदस्यीय समिति गठन भएको थियो । समितिमा मन्त्रालयका उपसचिव झङ्कनाथ ढकाल, प्रहरी उपरीक्षक भूपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य थिए।

समितिले प्रतिवेदनमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा तत्कालीन अवस्थामा कारागार प्रशासनसँग सम्बद्ध कर्मचारीले कारागार ऐन र नियमावली तथा आफ्नो पदीय जिम्मेवारी एवं दायित्व निर्वाहमा लापरवाही तथा त्रुटि गरेको र कर्तव्य पालनामा उदासिनता देखाएको उल्लेख गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिवेदनमा प्रस्तुत गरिएका सुझाव लागू गर्न सिफारिस गर्दै लागू भएमा कारागार प्रशासन सुध्रन सक्ने संयोजक सेढाईँले बताए । समितिले २०७७ मङ्सिर ८ गते बाँके कारागारबाट रोल्पा कारागारमा कैदी हरिजन र विजयविक्रम शाहको स्थानान्तरण गर्दा भएको त्रुटि तथा कैदीले आत्महत्या गरेको सम्बन्धमा अनुसन्धान गरेको जनाएको छ ।

समितिले अनुसन्धानका क्रममा नेपाल सरकारका सम्बद्ध पदाधिकारीको स्वीकृति र सहयोगमा भारत सरकारसँग अनौपचारिक समन्वय गरी भारतको उत्तर प्रदेशको बारबंकी जिल्लामा लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका हरिजनसँगै बाँकेबाट रोल्पा कारागारमा स्थानान्तरण गरिएका शाहसँग पनि सोधपुछ गरेको जनाएको छ । समितिले घटनाको स्थलगत अध्ययन, अवलोकन, सूचना सङ्कलन तथा विष्लेषण, सोधपुछ, फोन विवरण अध्ययन र घटना विवरण विश्लेषण गरेर प्रतिवेदन तयार पारेको जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ९ : ४५ बजे

सकारात्मक सोंचनै सफलताको मार्ग होः मुख्यमन्त्री आचार्य

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकारात्मक सोंचलेनै युवाहरुलाई

कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते

हेटौडा । मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको

देश विकास हुन नसक्नुको मूल कारण राजनीति : नारायणकाजी श्रेष्ठ

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष

समान विचार भएकाहरूसँग एकता हुन्छ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले समान

तिलोत्तमा सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलमा वार्षिक महोत्सव २०८१ सुरु

बुटवल । सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलमा शनिबारदेखि वार्षिक खेलकूद महोत्सव