काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइट पीडित संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।
शुक्रबार विहान शहरी विकासमन्त्रीसँगको छलफपछि, संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेको हो ।
छलफलमा भएको सहमतिपछि शहरी विकासमन्त्रीले प्रतिवद्धतापत्र सार्वजनिक गर्ने बाचा गरेकी थिइन् ।
छलफलका क्रममा मन्त्री झाँक्रिले केही सहमति तत्काल कार्यान्वयन गर्ने र केही मन्त्रिपरिषदबाट निर्णय गराएर कार्यान्वयन गर्ने भनेपछि आफूहरू फोहोर फाल्न दिने निर्णयमा पुगेको संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले बताए।
आन्दोलनका कार्यक्रम स्थगित गरेपछि काठमाडौंबाट गएका ट्रकहरुले ल्याण्डफिल साइटमा फोहोर खसाल्न थालेका छन्।
प्रतिक्रिया