२९ पुस २०८१, सोमबार | January 13, 2025

ललिता निवास जग्गा प्रकरण – शोभकान्तको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा



काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गराएर हडपेको प्रकरणमा मुछिँदै थुनामा रहेका आरोपी शोभकान्त ढकालको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ ।

मुद्दाको पेसी न्यायाधीशहरू सपना मल्ल प्रधान, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको पूर्ण इजलासमा तोकिएको थियो ।

यसअघि २९ वैशाखमा न्यायाधीशहरू आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लको इजलासमा पेसी तोकिएको थियो । तर, त्यसबेला मुद्दालाई ‘हेर्न नमिल्ने’ सूचीमा राखियो ।

थुनामा रहेका ढकाल ललिता निवासको ११३ रोपनी जग्गा व्यक्तिको नाममा पारेको प्रकरणमा मुछिएका मुख्य आरोपी हुन् । उनी र अर्का आरोपी रामकुमार सुवेदीले मुख्य विचौलियाको भूमिका निभाएको पनि अख्तियारले जनाएको छ ।

अख्तियारले दायर गरेको मुद्दामा ढकालले आफू, श्रीमती र छोरा र छोरीहरूको नाममा समेत बालुवाटारको जग्गा राखेको उल्लेख छ ।

यस्तो छ, २४ वैशाखमा खतिवडा र भट्टराईको राय

विशेष अदालतको निर्णयविरुद्ध ढकाल ११ चैत २०७७ मा निवेदन लिएर सर्वोच्च अदालत गए । २४ वैशाख २०७८ मा खतिवडा र भट्टराईको इजलासबाट राय बाझिएको आदेश भयो ।

इजलासमा राय बाझिएकै कारण ढकाल पुर्पक्षका लागि थुनामा छन् । इजलासबाट न्यायाधीश खतिवडाले तीन करोड धरौटी माग गर्ने आदेश गरेका थिए ।

अर्का न्यायाधीश भट्टराईले भने थुनामा पठाउने विशेषको आदेश सदर गर्ने निर्णय सुनाएका थिए । इजलासमा रहेका दुई न्यायाधीश बीचमा राय बाझिएकै कारण ढकालको निवेदनको सुनुवाइ पूर्ण इजलासमा पुगेको हो ।

विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन २८ माघ २०७७ मा आदेश दिएको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  १ : ५१ बजे

‘सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक अन्तिम चरणमा छ’

काठमाडौँ । प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा

बुटवलमा सर्वाधिक धनराशीको स्नुकर प्रतियोगिता हुँदै

बुटवल । बुटवलमा सर्वाधिक राशीको स्नुकर प्रतियोगिता हुने भएको छ

राष्ट्रपतिबाट एकैपटक ४ वटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद शिफारिसमा एकैपटक ४ वटा

पदाधिकारी बैठक स्थगित गरी सुकुटे पुगे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको

क्षितिज इन्टरनेशनल कलेजलाई विजनेश प्लान च्यालेन्ज सिजन-३ को उपाधी

बुटवल । बुटवलको कालिकानगरमा रहेको क्षितिज इन्टरनेशनल कलेज विद्यार्थी कल्याण