काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली टिम दक्षिण कोरियाले दक्षिण अमेरिकी टोली चिलीमाथि २-० को जित निकालेको छ ।
मंगलबार राति घरेलु मैदानमा कोरियालाई जित दिलाउन ही-चान ह्वाङ र ह्युङ मिन सनले गोल गरे ।
खेलको १२ औं मिनेटमा ह्वाङले गरेको गोलबाट कोरियाले अग्रता लिएको थियो । यस्तै, इन्जुरी समयमा सनले गोल गरेपछि कोरियाले २-० को जित निश्चित गरेेकाे हाे ।
खेलको ५२ औं मिनेटमा एलेक्स आइबाक्यासले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा समेटिदै खेलको अन्त्य गरेको थियो ।
यसअघिको पहिलो मैत्रीपूर्ण खेलमा कोरिया ब्राजिलसँग ५-१ ले पराजित भएको थियो । यस्तै, चिलीले भने दोस्रो मैत्रीपूर्ण खेलमा ट्युनिसियासँग खेल्ने तालिका छ ।
प्रतिक्रिया