७ आश्विन २०८१, सोमबार | September 23, 2024

बजेट ‘इन्डक्सन चुलो बाँडेर भोट ल्याउने’ चुनाव लक्षित छैन : अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट चुनाव लक्षित नरहेको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले बजेट बनाउने क्रममा दिमागमा चुनाव नराखेको दाबी गरेका हुन् ।

बजेट चुनाव लक्षित रहेको र इन्डक्सन चुलो बाँडेर भोट तान्न खोजेको आरोपलाई खण्डन गर्दै उनले इन्डक्सन चुलो बाँडेर भोट तान्न नखोजेको दाबी गरेका हुन् ।

‘इन्डक्सन चुलो बाँडेर भोट ल्याउने उद्देश्य छैन । बजेट बनाइरहँदा चुनाव दिमागमा राखिएको छैन,’ अर्थमन्त्री शर्माले भने, ‘केबल देशको आर्थिक अवस्थालाई मात्र हेरेर, देशमा कसरी स्थायित्व बनाउन सकिन्छ भन्ने आधारम बजेट बनाइएको हो ।’

प्रत्येक वर्ष एक वर्षका लागि बजेट ल्याउने संवैधानिक व्यवस्थाअनुसार नै बजेट ल्याएको भन्दै उनले एमाले सांसदले चुनावको मुखमा एक वर्षका लागि बजेट ल्याएको भन्ने आरोपको खण्डन गरे ।

खाद्य सुरक्षाका विषयमा १०० वटा खाद्य भण्डार निर्माण गरिने जानकारी दिएका उनलृ प्रत्येक पालिकामा खाद्य संकलन केन्द्र पनि स्थापना पनि गरिने बताए ।

किसानलाई ऋण लिन सहज होस् भन्ने उद्देश्यले पालिकामा लघुवित्त शाखा खोल्ने पनि उनले बताए ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ३ : ३९ बजे

भैरहवामा आठौ मेयर कप जिल्लास्तरीय स्नुकर प्रतियोगिता सुरु

भैरहवा । रुपन्देहीको भैरहवामा आइतबारदेखि आठौं जिल्लास्तरीय खुल्ला स्नुकर मेयर

श्रीमानको जन्मदिनमा श्रीमतीले दिइन १० लाखको बिमा पोलिसी उपहार

देवदह । पछिल्लो समय बीमा पोलिसीलाई उपहारको रुपमा दिने प्रचलन

प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन नेपाली

प्रधानमन्त्री ओलीसँग मानवअधिकार उच्चायुक्तको शिष्टाचार भेट

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व

प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन नेपाली