२५ चैत्र २०८१, सोमबार | April 8, 2025

अविरल वर्षाका कारण पहिरो खस्दा लुम्बिनी प्रदेशका दर्जनौ सडक अवरुद्ध, सिद्धार्थ राजमार्ग पूर्णरुपमा अवरुद्ध



बुटवल । २ दिन देखि परेको अविरल वर्षाका कारण खसेको पहिरोले लुम्बिनी प्रदेशका दर्जनौं स्थानमा सडक अवरुद्ध भएको छ । पानीपर्ने क्रम जारी रहेकाले अवरुद्ध भएका सडक खुलाउन असहज भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार सिद्धार्थ राजमार्गको तिनाउ गाँउपालिका-३ ड्याम साईड नजिकै लेदो सहितको पहिरो खस्दा बिहान ५ बजेदेखि बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध छ भने सिद्धार्थ राजमार्गकै बगनाशकाली गाँउपालिका ५ पाल्पामा पहिरो खस्दा पाल्पा-पोखरा खण्ड पनि अवरुद्ध भएको छ ।

त्यसैगरि गुल्मीको रुरुक्षेत्रको रातमाटामा पहिरो खस्दा रिडी-तम्घास सडक अवरुद्ध छ भने रिडी-बुर्तिबाङ सडकको सत्यवती गाँउपालिका जहरे खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

पश्चिम दाङको घोराही १७ बगालेमा पहिरो खसेर दाङ-रोल्पा सडक अवरुद्ध छ भने प्युठान सरुमारानी गाँउपालिका बड्डाँडामा पहिरो खस्दा भालुवाङ-रोल्पा सडक पनि अवरुद्ध रहेको छ । रुकुम सिस्ने ५ रानीबोटमा र रुकुमकै भुमे गाँउपालिकामा पर्ने मध्यपहाडी राजमार्ग समेत अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

वर्षा जारी रहेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न र मौसमको जानकारी लिएर मात्र यात्रा तय गर्न ट्राफिक प्रहरी लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनबहादुर खाँणले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ९ : ३३ बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग