१२ मंसिर २०८१, बुधबार | November 28, 2024

पश्चिमा देशलाई चिनियाँ राष्ट्रपति सीको चेतावनी : अर्को देशमाथि प्रतिबन्ध नथोपर, आफैलाई क्षति पुग्नेछ



बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिङफिङले विकासलाई अन्तर्राष्ट्रिय केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रपति सी ले शुक्रबार बेइजिङमा विश्वव्यापी विकासको ढाँचा विषयमा आयोजित भर्चुअल सम्मेलनमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । सीले निरन्तर विकासबाट मात्रै जनताको राम्रो जीवन र सामाजिक स्थिरताको सपना साकार पार्न सकिने बताए । उनले विकासलाई अन्तर्राष्ट्रिय एजेन्डाको केन्द्रबिन्दुमा राख्नुपर्नेमा जोड दिए ।

सीले दिगो विकासका लागि संयुक्त राष्ट्रसंघको सन् २०३० को एजेन्डा कार्यान्वयन गर्न र विकासलाई सबै जनताले मूल्यवान मान्ने र सबै देशले संयुक्त रूपमा सहयोग गर्ने राजनीतिक सहमति निर्माण गर्न पनि आह्वान गरे ।

सीले संयुक्त रूपमा विश्वव्यापी विकास साझेदारीलाई बढावा दिन आग्रह गर्दै सी ले भने, ‘विकसित देशहरूलाई आफ्नो दायित्व पूरा गर्नुपर्छ, विकासशील देशहरूले सहयोगलाई गहिरो बनाउनुपर्छ र दक्षिण र उत्तरले एकअर्कालाई भेट्नुपर्छ ।’

प्रविधि हस्तान्तरण, ज्ञान आदानप्रदानलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै सीले भने, ‘हरियाली र स्वस्थ विश्वव्यापी विकास हासिल गर्न वैज्ञानिक र प्राविधिक आविष्कारका साथसाथै संस्थागत आविष्कार, आधुनिक उद्योगको विकास, डिजिटल ग्यापलाई पुरा गर्न र न्यून कार्बन संक्रमणलाई गति दिन प्रयास गर्नुपर्छ।’

सीले विकासलाई प्रवर्द्धन गर्न, खुला विश्व अर्थतन्त्रको निर्माण गर्न, स्वच्छ एवं न्यायपूर्ण विश्वव्यापी शासन प्रणाली र संस्थागत वातावरण निर्माण गर्न इमान्दार र ठोस प्रयास गर्न आह्वान गरे ।

चिनियाँ राष्ट्रपति सीले संरक्षणवादको अभ्यास र स–साना गुटहरू गठन गर्दा आफूलाई चोट पुर्याउने र एक्लो पार्ने मात्रै हुने जिकिर गरे । उनले भने, ‘अर्को देशमाथि प्रतिबन्ध थोपर्दा आफ्नै देशलाई क्षति पुर्याउँछ । आपूर्ति चेन अवरुद्ध गर्ने कार्यले कसैको हित गर्दैन ।’

सीले विश्वव्यापी विकास सहयोगमा संयुक्त राष्ट्रसंघको समन्वयकारी भूमिकालाई समर्थन गर्न आह्वान गरे ।

सीले देशहरूले औद्योगिक र व्यापारिक क्षेत्र, सामाजिक संघसंस्था, सञ्चारमाध्यम र थिंक ट्याङ्कहरूलाई विश्वव्यापी विकास सहयोगमा सहभागी हुन प्रोत्साहन गर्नुपर्ने कुरा पनि औंल्याए।

चीनले संयुक्त राष्ट्र शान्ति र विकास कोषमा पनि लगानी बढाउनेछ। त्यस्ता प्रयासहरूले ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ अन्तर्गतको सहयोगलाई थप सहयोग गर्नेछ, सीले थपे।

सीले चीनले प्रमुख क्षेत्रहरूमा सहयोगलाई अगाडि बढाउन सबै पक्षसँग मिलेर काम गर्ने प्रतिवद्धता पनि जनाए । ‘चीनले गरिबी न्यूनीकरण र उन्मूलन, खाद्यान्न उत्पादन र आपूर्तिको क्षमता बढाउने र स्वच्छ ऊर्जा साझेदारीलाई अगाडि बढाउन विश्वव्यापी सहयोगलाई अझ गहिरो बनाउने छ’, सी ले भने ।

नवीन अनुसन्धान र विकासका साथै खोपको संयुक्त उत्पादनलाई सुदृढ पार्ने प्रयास गरिनेछ र पर्यावरण संरक्षण र भूमि र समुद्रको दिगो उपयोगलाई प्रवर्द्धन गर्न प्रयास गर्ने पनि सीले जनाए । यसैगरी चीनले डिजिटल युगमा कनेक्टिभिटीलाई बढावा दिँदा विश्वभरका देशहरूको विकासमा नयाँ प्रेरणा दिने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ८ : ३१ बजे

प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र

म्याग्दी । सेवाग्राही लिन नआएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा २७

‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान’ सम्पन्न, राष्ट्रपतिद्वारा पुरस्कार प्रदान

काठमाडौं । ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान कार्यक्रम’

स्थानीय प्रतिभाहरुलाई अवसर प्रदान गर्दै द ब्रिटिस कलेजको ‘करिअर फेस्ट– २०२४’ सफलतापूर्वक सम्पन्न

काठमाडौ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजमा ‘टीबीसी

ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणलाई २० लाख सहयोग

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विधुतीय शवदाह

सदस्यता शुल्क नबुझाए पत्रकार महासंघको चुनावमा भाग लिन नपाइने

नेपालगन्ज । यही मंसिर २८ गते हुने भनिएको नेपाल पत्रकार