२ बैशाख २०८२, मंगलबार | April 15, 2025

नेपाली चिया प्रवर्द्धन गर्न बुटवलमा राष्ट्रिय प्रदर्शनी सुरु



बुटवल । राष्ट्रिय चिया तथा कफि विकास बोर्डले नेपाली चियाको आन्तरिक प्रवर्द्धन गर्ने उद्येश्यका साथ बुटवलमा नेपाली चियाको राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम आयोजना गरेको छ ।

आफुले नेपालमै उत्पादित चिया खाने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै कार्यक्रमको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उदघाटन गरेका छन । राष्ट्रिय चिया तथा कफि विकास बोर्डको आयोजनामा हुने प्रदर्शनीमा चिया उत्पादन तथा बजारीकरणमा लामोसमयदेखि नेपालमा काम गर्दै आएका नीजि क्षेत्रका नेपाल टि एसोसियसन, हिमालयन अर्थोडक्समा टि प्रोड्युसर एसोसियसन नेपाल, नेपाल टि प्रोड्युसर एसोसियसन, केन्द्रिय चिया सहकारी संघ, स्पेसियालिटि टि एसोसियसन नेपालमा आवद्ध चिया एक सय बढी ब्यवसायीहरुबाट उत्पादित चियाका ब्राण्डहरु राखिएका छन् ।

उदघाटन कार्यक्रमलाई सम्बाधेन गर्दै मुख्यमन्त्री केसीले स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि प्रदेश सरकार जग्गा उपलब्ध गराउन तयार रहेको बताए । लुम्बिनी प्रदेश सरकारले स्वदेशी उत्पादन मात्र प्रयोग गर्ने नीति लिएको उल्लेख गर्दै उनले बिदेशी उत्पादन निरुत्साहित गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले आउने दशै तिहारमा भारतबाट आउने गरेको फुलमालालाई पूर्ण प्रतिबन्धन लगाईने जनाउँदै निजी क्षेत्रसँग सहकार्य गरेर जान प्रदेश सरकार सधैं अग्रसर रहेको बताए । उनले व्यवसायीहरुलाई लुम्बिनी प्रदेशको गुल्मी लगायतका जिल्लामा उत्पादीत कफिको प्रबद्र्धन र बजारिकरण गरिदिन आग्रह समेत गरे ।

कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराईले आम नागरिकलाई चिया पिउने सही तरिका बताउने र नेपाली चियाको बारेमा बजार बिस्तार गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको बताए ।

नेपाली उत्पादन नेपालमा खपत भएर आर्थिक रुपमा सबल हुन सक्ने सम्भावना रहेको बताए । विजनेश हबका रुपमा बुटवललाई चिनाउने रुपमा कार्यक्रम गरिन लागेको उनले बताए ।

नेपाली चिया विश्व बजारमा निकै ख्याती कमाएको भएपनि देशकै धेरै ठाउमा पुग्न नसकेको उनले बताए । सिटिसि र अर्थोडक्स चिया मध्ये सिटिसि उपभोक्ताहरु माझ माग भएको उनले बताए । देशको ७० जिल्लामा अर्थोडक्स चियाको बारेमा जानकारी नपाएको भेटिएको एक अनुसन्धानमा देखिएको पनि उनले बताए । सिटिसि चिया ५० प्रतिशतले आन्तरिक माग पुग्ने बाकी विदेश निर्यात हुने बताउँदै उनले अर्थडक्स चिया ८० प्रतिशतभन्दा बढि विदेश जाने गरेको जानकारी दिए ।

नेपाली चियाको गुणस्तर र स्वादका हिसाबले विश्वमै उत्कृष्ट मानिन्छ । आव २०७७/२०७८ मा नेपालले ३ अर्ब ७९ करोड रुपैया मुल्य बराबरको चिया निर्यात गरेको छ । चियाको ईतिहासलाई केलाउदा ईलामको तत्कालिन बडाहाकिम गजराज सिह थापाले बिसं १९२० मा इलाममा चिया रोपण गरेपछि नेपालमा चिया खेती शुरु भएको मानिन्छ । नेपाली चियाको ईतिहास १ सय ५० वर्षभन्दा पुरानो छ । आव २०७७/२०७८ मा नेपालमा १६ हजार ९ सय १७ हेक्टरमा चिया रोपण भएर २३ हजार ७ सय ४५ मेट्रिक टन तयारी चिया उत्पादन भएको थियो । १६ हजार बढी चिया कृषक र ६० हजार भन्दा बढी श्रमिकहरु चियाको विभिन्न मूल्य श्रृखलामा संलग्न रहेको छन । अहिलेकै चियाको उत्पादन र बिदेश निर्यातको अनुपात हेर्दा नेपालबाट वार्षिक १० अर्बको निर्यात मुल्य बनाउने सम्भावना रहेको छ । प्रर्दशनीमा ३० वटा स्टलहरु राखिएका छन् । कार्यक्रम भोलि सम्म चल्ने छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  १ : ३७ बजे

China tells airlines to suspend Boeing jet deliveries

Beijing: China has told its airlines to stop taking deliveries

बोइङ जेटको डेलिभरी स्थगित गर्न एयरलाइन्सलाई चीनको आदेश

बेइजिङ । चीन र संयुक्त राज्य अमेरिकाबीचको व्यापार युद्ध गहिरो

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं। नेपाली कांग्रेसले केन्द्री कार्यसमितिको बैठक बोलाएको छ । वैशाख

पर्यटकीय गन्तव्य बन्दै बन्दीपुर, एकै वर्ष दुई लाखले गरे भ्रमण

बन्दीपुर । विक्रम संवत् २०८१ मा दुई लाख पर्यटकले बन्दीपुर

वर्षको पहिलो कारोबारी दिन नेप्सेमा हरियाली, २७ अङ्कको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव १४