७ आश्विन २०८१, सोमबार | September 23, 2024

बजेटमाथि छलफल जारी, वर्षमान पुन भन्छन् : कृषिमा ३२ प्रतिशत बजेट बढाउनु क्रान्तिकारी कदम



काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल चलिरहेको छ ।

गत आइतबार संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमाथि मंगलबारबाट सामान्य छलफल चलिरहेको छ ।

छलफलमा सहभागी सांसदहरुले बजेटको पक्ष र विपक्षमा धारणा राखिरहेका छन् । सोही क्रममा पूर्वअर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका सांसद वर्षमान पुनले कषिमा ३२ प्रतिशत बजेट बढाउनु क्रान्तिकारी कदम रहेको बताए ।

‘कृषिमा ३२ प्रतिशत बजेट बढाइएको छ । यो अत्यन्तै सकारात्मक र क्रान्तिकारी कदम हो’, पुनले भने । यसलाई उनले ’क्रान्तिकारी छलाङ’को समेत संज्ञा दिएका छन् ।

६१ प्रतिशत बढी कृषिमा रहेका जनशक्ति बेरोजगार र अर्धबेरोजगार रहेको बताउँदै उनले अहिलेको बजेटले कृषिको संरचनागत रुपान्तरणको दिशा समातेको बताए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ३ : ४० बजे

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच न्युयोर्कमा भेटवार्ता

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन नेपाली

आजको मौसम : बाग्मतीसहित तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा बिहानैदेखि मौसम बदली छ ।

प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी

वासिङटन, डिसी । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा

क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै, यस्तो छ नेपालको प्लेइङ- ११

काठमाडौँ । नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै

रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीबाट प्रहरीलाई अनुमति

काठमाडौँ । प्रहरीले सहकारीको रकम अपचलनमा मुछिएका पूर्वगृहमन्त्री रवि लामिछानेलाई