१० पुस २०८१, बुधबार | December 25, 2024

१२,४४९ मतान्तरसहित भरतपुरको मेयरमा रेनु दाहाल विजयी



काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल पुनः विजयी भएकी छिन् ।

मंगलबार बिहान सम्पन्न मतगणनाअनुसार रेनुले नेकपा एमालेका विजय सुवेदीलाई १२ हजार ४४९ मतसहितको भारी अन्तरले पराजित गरेकी हुन् ।

रेनुले ५२ हजार ३० मत ल्याइन भने विजयले ३९ हजार ५ सय ८१ मत मात्र ल्याउन सके ।

सत्ता गठबन्धनको तर्फबाट मेयर पदमा पुनः उम्मेदवारी दिएकी रेनुले एमाले र राप्रपाको गठबन्धनलाई पराजित गरेकी हुन् ।

यसअघिको स्थानीय तह निर्वाचनमा चारवर्ष अघि एमालेका देवी ज्ञवालीलाई २०३ मतले मात्र पराजित गरेकी रेनुले यसपटक आफ्नो लोकप्रिय मत ह्वात्तै बढाएकी छिन् । आफु विरुद्ध कांग्रेसबाटै बागी उम्मेदवार उठेपनि रेनुले आफ्नो पार्टी बाहेक कांग्रेस र एमालेका भोट समेत पाउन सफल भएकी छिन् । मेयर बनेर पाँच वर्षसम्म (पहिलो कार्यकाल) भरतपुरको नेतृत्व हाँक्दा को बीचमा कुनै ठूलो विवादमा नपरेकी र कुनै पनि आर्थिक लेनदेनमा नमुछिएकी रेनुले भरतपुरमा गरेको विकास र जनसम्बन्ध विस्तार गरेकै कारण फराकिलो मतान्तरले विजयी बन्न सफल भएकी हुन् ।

रेनुको विपक्षमा उठेका कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत पाएका छन् ।
गठबन्धनको तर्फबाट उपमेयरमा उठेका कांग्रेसका चित्रसेन अधिकारीले झन ठूलो मतान्तरका साथ राप्रपाका हिमला गुरुङलाई पराजित गरे । अधिकारीले ५२ हजार ८०३ मत पाए भने गुरुङले ३० हजार ६१२ मत पाइन ।

 

को हुन रेनु ?

वि.स.२०३३ साल असार २६ गते चितवनको भरतपुर महानगरपालिका वडा नं १४ शिवनगरमा जन्मिएकी रेनु दाहाल पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालकी माइली छोरी हुन् । उनको श्रीमान अर्जुन पाठक हुन । उनीहरुबाट एक छेरी प्रतिभा पाठक, छोरा र एक छोरा प्रबल पाठक छन् । दाहालले भरतपुर महानगरपालिकाको ५ वर्ष प्रमुख को रुपमा नेतृत्व गरी सकेकी छिन् ।

विसं २०५२ साल फागुन १ गतेदेखि सुरु भएको जनयुद्ध सुरु हुँदा उनी १८ वर्षको मात्र थिइन । उनले १० कक्षा पढ्दापढ्दै भूमिगत राजनीति थालेकी थिइन । उनी ०५३ पछि माओवादीमा पूर्णकालीन बनेकी थियो । उनी पार्टीमा ज्वाला नामले पनि परिचित थिइन ।

जनयुद्धका लामो समयसम्म उनीले भारतमा काम गरिन । उनी अखिल–भारत नेपाली महिलाको अध्यक्ष हुँदै ०५६ मा माओवादी जिल्ला समितिको सदस्य रहिन । नेपाल फर्किएपछि रोल्पाको सहइन्चार्ज र केही समयपछि उहाँ काठमाडौंको सहसचिव भईन । उनले नेपालमा भन्दा पनि भारतमा धेरै ठाउँ र समयमा काम गरिन । खुला राजनीतिमा आएपछि उनी पहिलो संविधानको निर्वाचनपछि सविधानसभा सदस्य भइन् ।

उनी अहिले नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा विभिन्न जनवर्गिय संगठनमा रहेर सकृय राजनीतिमा छिन । उनी अखिल नेपाल महिला संघ क्रान्तिकारी महासचिव भएर भूमिकामा थिईन । नेपाली, हिन्दी र अंग्रेजी भाषामा दख्खल राख्ने नवनिर्वाचित मेयर दाहाल राजनीतिक तथा थुप्रै सामाजिक संघसंस्थामा आवद्ध छन् । देशको विकट ग्रामिण क्षेत्रमा संगठनात्मक काममा सक्रिय हुन रुचाउने दाहाल कम बोल्ने र बोलेको कुरा पूरा गर्ने नेतृको रुपमा परिचित छन् । जो संग उनको भेट हुन्छ उनको साधारण शैली र क्षमतासंग प्रभावित हुन्छ नै । उनले भारत, चीन, बेलायत, थाइल्याण्ड, श्रीलंका, इन्डोनेसिया लगायतका देशहरूको भ्रमण गरेकी छन् ।

उत्पीडित जाति, क्षेत्र र लिंगलाई अधिकार सम्पन्न बनाउन कुरामा नै सविधानमा सुनिश्चित गराउने उनको मुख्य एजेण्डा छ ।

परिवारका सबै सदस्य जनयुद्धमा लागेका कारण दाहालले एसएससीसम्म अध्ययन पुरा गरेकी छन् । उच्च शिक्षाका लागि मन हुँदा हुँदै पनि राजनैतिक उतार चढावले पुरा हुन सकेन । गएको पाँच वर्ष भरतपुरको भौतिक र सामाजिक विकासमा महत्त्वपूर्ण काम गरेकी दाहाल २०७९ को स्थानीय निर्वाचनमा एमालेकै विजय सुवेदीलाई भारी मतान्तरले पराजित गरी दोस्रो पटक महानगरको बागडो सम्हाल्न कुर्सीमा पुग्न सफल भएकी छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ९ : ०५ बजे

सूर्य नेपाल इस्टर्न ओपन सुरु, कोर्स रेकर्डसहित निरजलाई चार स्ट्रोकको अग्रता

धरान । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत तेस्रो प्रतियोगिता

Hot Air Balloon Festival revitalizes tourism in Pokhara

Pokhara: The International Balloon Festival taking place in the tourist

बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता

पोखरा । पर्यटकीय राजधानी पोखरामा सुरु भएको मुलुककै पहिलो अन्तर्राष्ट्रिय

भीम रावल एमालेबाट निस्काशित; वृन्दा पाण्डे र उषाकिरण तिम्सेनाको जिम्मेवारी ६ महिनाका लागि खोसियो

काठमाडौं । मिनबहादुर गुरुङबाट पार्टीले ‘दान’मा जग्गा लिएको विषयमा आलोचना

कर्णाली विकास बैंक ‘समस्याग्रस्त संस्था’ घोषणा, व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा

नेपालगन्ज । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्रप्राप्त वित्तीय संस्था