बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा गठबन्धनले अग्रता लिएको छ । सैनामैना १ को ३८०० मत गन्दा गठबन्धनको उम्मेदवारीहरुले अग्रता लिएका हुन् ।
प्राप्त पछिल्लो परिणाम अनुसार सैनामैनामा मेयर पदमा गठबन्धनबाट कांग्रेस उम्मेदवार फणेन्द्र शर्माले १७०० मत ल्याएका छन् भने उनलाई एमालेका चित्रबहादुर केसीले १४४४ मत ल्याएर पछ्याईरहेका छन् ।
त्यसैगरि उपाध्यक्षमा गठबन्धनबाट माओवादी उम्मेदवार नारायण मतहले १७६९ मतका साथ अग्रता लिएका छन् भने उनलाई एमालेकी विना मगरले १५८३ मत लिएर पछ्याईरहेकी छिन् ।
प्रतिक्रिया