५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

मतान्तरको दुरी बढाउँदै बुटवलमा गठबन्धनका उम्मेदवार पाण्डेको अग्रता जारी



बुटवल । बुटवल उप महानगरपालिकाको मतगणनाको पछिल्लो परिणाममा गठबन्धनबाट मेयर पदमा कांग्रेस उम्मेदवार खेलराज पाण्डेले आफ्नो अग्रताको रफ्तार बढाउँदै गएका छन् । सुरुवाती परिणामबाटै अग्रता लिएका पाण्डेले लगातार प्रतिद्वन्दीसँगको मतान्तर बढाउँदै पनि लगेका छन् ।

पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका पाण्डेले १ हजार ७८ मत प्राप्त गर्दा नेकपा एमालेका बावुराम भटराईले ५ सय ४२ मत पाएका छन्। बुटवलको वडा नं १ को मत गद्यासम्म दोस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका मृगेन्द्र कुमार शेरचन वार्ड नम्बर २ को मतपरिणाम आउँदै गर्दा तेस्रो स्थानमा झरेका छन् । उनले ४१९ मत प्राप्त गरेका छन्।

उता बुटवल उपमहानगरको १ मा अग्रता लिएकी राप्रपाकी भगवती पाण्डे भने वार्ड नमबर २ र १९ को मत गन्दै जाँदा पछाडी पर्दै गएकी छन् । उप प्रमुखमा अग्रता लिई रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी पाण्डेलाई उछिन्दै एमालेकी साबित्रा अर्याल अग्रस्थानमा पुगेकी छन् । अर्यालले ६ सय ३२ मत ल्याएर अग्रस्थानमा पुगेकी हुन् ।

वडा नं १ को मतपरिणाममा तेश्रो स्थानमा रहेका गठबन्धनका उम्मेदवार चिन बहादुर गुरुङ वडा नं १९ को मत गणनामा पाण्डेलाई उछिनेर दोस्रो स्थानमा उक्लिएका छन् । गुरुङले ५७५ मत प्राप्त गरेका छन् भने पाण्डेले ४६७ मत मात्र प्राप्त गरेकी छन्।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : १३ बजे

संविधानविरोधी गतिविधि स्वीकार्य छैन : गृहमन्त्री लेखक

गण्डकी । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका

विराटनगर एमालेमा ओली पक्ष पराजित

विराटनगर। नेकपा एमाले विराटनगर अधिवेशनमा अध्यक्ष केपी ओली पक्षधर पदाधिकारीमा

दाउन्नेमा चिप्लो बाटो, लामो जाम, यात्रुको बिचल्ली

नवलपुर । बिहिबार भएको वर्षापछि दाउन्नेमा चिप्लिएको सडकमा गाडी चलाउन

तराई-मधेश जागरण अभियानअन्तर्गत कपिलवस्तुका गाउँ पुगे प्रचण्ड

कपिलवस्तु । तराई मधेश जागरणअभियानअन्तर्गत पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

बागमती । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको