६ आश्विन २०८१, आइतबार | September 23, 2024

भारतद्वारा गहुँ निर्यातमा प्रतिबन्ध, नेपाल प्रभावित बन्न सक्छ



काठमाडौं । भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ ।

रुस र युक्रेनबीचको लडाईंका कारण विश्वव्यापी खाद्य संकट बढ्दै गएको बेलामा भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको हो ।

भारतको उद्योग वाणिज्य मन्त्रालय अन्तर्गतको वाणिज्य विभागले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको सूचना प्रकाशित गरेको छ ।

भारतको प्रतिबन्धबाट नेपाल लगायत धेरै मुलुक प्रभावित बन्ने भएका छन् । यसका कारण त्यसैपनि मूल्यवृद्धि थेगिनसक्नु भएको नेपालमा भारतीय प्रतिबन्धका कारण हुँको पिठोको मूल्य थप बढ्ने देखिन्छ ।

यद्यपी भारत सरकारले खाद्य सुरक्षा आवश्यकताहरू पूरा गर्न अन्य देशहरूलाई दिएको अनुमतिको आधारमा र ती सरकारको अनुरोधको आधारमा निर्यात गर्न भने दिइनेछ। भारतको पञ्जाव हरियाणा लगायतका राज्यमा गहुँ उत्पादन अत्याधिक हुने गर्छ ।

विश्वकै सबैभन्दा धेरै गहुँ उत्पादक मुलुकहरु रुस र युक्रेनबीच भीषण लडाईं चलेका कारण त्यहाँबाट करोडौं टन निर्यात हुन सकेको छैन । रुसी गहुँलाई पश्चिमा मुलुकहरुले प्रतिबन्ध लगाएका छन् भने युक्रेनको गहुँ ओडेसा बन्दरगाह बन्द हुँदा भण्डारण कक्षमै थन्किएको छ ।

रुस युक्रेन युद्धका कारण एशिया अफ्रिका लगायत महादेशका दशौं करोड जनता खाद्य संकटमा पर्ने भन्दै संयुक्त राष्ट्र संघले चेतावनी दिँदै आएको छ ।

 

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ४९ बजे

प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी

वासिङटन, डिसी । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा

क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै, यस्तो छ नेपालको प्लेइङ- ११

काठमाडौँ । नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै

रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीबाट प्रहरीलाई अनुमति

काठमाडौँ । प्रहरीले सहकारीको रकम अपचलनमा मुछिएका पूर्वगृहमन्त्री रवि लामिछानेलाई

सहकारी ठगी कसुरमा पक्राउ छविलाल जोशीलाई प्रहरीले पोखरा पुर्‍यायो

गण्डकी । सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ

दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न