५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

लुम्बिनी प्रदेशमा मतदान जारी, प्रदेशका उच्च सरक्षा अधिकारीहरुबाट मतदान केन्द्रहरुको संयुक्त अनुगमन



बुटवल । लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा अपरान्ह ३ बजे सम्म शान्तिपूर्ण तरीकाबाट मतदान चलिरहेको प्रदेशका उच्च सुरक्षा अधिकारीहरुले बताएका छन् । मतदान केन्द्रहरुको स्थलगत अनुगमनमा निस्केको प्रदेश सरकारका मुख्य सचिव सहितको प्रदेशका उच्च स्तरिय सुरक्षा अधिकारीहरुको टोलिले प्रदेशभरी शान्तिपूर्ण मतदान जारी रहेको जनाएको हो ।

लुम्बिनी प्रदेश सरकारमा मुख्य सचिव डिल्लीराम शर्मा, नेपाली सेनाका बाहिनीपति नवराज गुरुङ, लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरीका डीआईजी कुलबहादुर नेम्वाङ र राष्ट्रिय अनुसन्धानका प्रदेश अनुसन्धान निर्देशक सुमन बैद्य सहितको टोलिले रुपन्देही, कपिलवस्तु र नवलपरासीको विभिन्न मतदान केन्द्र तथा मतदानस्थलहरुको स्थलगत अनुगमन गरेको छ । स्थलगत अनुगमनका क्रममा सबै स्थानमा विना अवरोध मतदाताहरुले मतदान गरेको पाईएको अनुगमनमा रहेका प्रदेश अनुसन्धान निर्देशक बैद्यले बताए ।

लुम्बिीनी प्रदेशमा कपिलवस्तुको महाराजगन्ज नगरपालिका र तुलसीपुरको १७ नम्बर वडामा बाहेक सबै स्थानमा आज मतदान भइरहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ३ : ३३ बजे

गुरुहरूको आन्दोलन यात्रुलाई सास्ती…सरहरु भन्छन् -‘सरकारले नसुनेपनि हेरिरहेको छ’

काठमाडौँ । नेपाल सरकार र नेपाल शिक्षक महासङ्घबीच विगतमा भएका

सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित भएको कर्णालीका मुख्यमन्त्री कँडेलको आरोप

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारकै कारण

दर्ता गर्न नआए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइने सञ्चारमन्त्रीको चेतावनी

काठमाडौं । सरकारले सामाजिक सञ्जाल दर्ता गर्न तोकेको म्याद सकिन

पुल्चोक-गोन्द्राङ सडकको उद्घाटन

चितवन । भरतपुरमा नवनिर्मित ६ लेनको सडक उदघाटन गरिएको छ।

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सिन्धुपाल्चोकको तातोपानी नाका