२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

बिल गेट्सलाई कोभिड पोजेटिभ



न्युयोर्क । माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सलाई कोभिड पोजेटिभ भएको छ । आफूलाई कोभिडको सामान्य लक्षणहरू देखिएको उनले बताएका छन् । स्वस्थ नभएसम्म आफू अन्य व्यक्तिबाट अलग रहने अर्बपति गेट्सले बताएका छन् । ‘खोप लगाएको तथा परीक्षण र उत्कृष्ट चिकित्सा हेरचाहको पहुँचमा भएकाले म भाग्यवानी छु’, उनले ट्विट गरेका छन् ।

६५ अर्ब डलरको अनुदानसँगै सियटलमा रहेको बिल र मेलिन्डा गेट्स च्यारिटी विश्वको सबैभन्दा शक्तिशाली निजी फाउन्डेसन हो ।

अक्टोबरमा गेट्स फाउन्डेसनले मर्कको एन्टिभाइरल कोभिड– १९ ट्याब्लेटको ‘जेनेरिक भर्सनमा’ कम आय भएका देशहरूको पहुँच विस्तार गर्न १२० मिलियन डलर सहयोग गर्ने बताएको थियो ।

सन् २०१४ मा माइक्रोसफ्टका सह–संस्थापकले महामारीको चेतावनी दिएका थिए । विश्वले अर्को २० बर्षमा अर्को महामारीको सामना गर्न सक्ने गेट्सले केही समयअघि भनेका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ११ : १८ बजे

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, आजै म्याद थप गरिने

काठमाडौं । अन्ततः दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्वीकार गर्दै प्रहरीले

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने

लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउन उच्चस्तरीय आयोगको सुझाव

काठमाडौँ । लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहितको