बुटवल । स्थानीय निर्वाचन २०७९ को पूर्व संध्यामा मैले पार्टीको साधारण सदस्य समेत नरहने गरी संपूर्ण पदबाट राजिनामा गरेँ । किन गरेँ, के कारणले गरेँ, र त्यो अवस्था कसरी आयो रु यसको विष्लेशण र यथार्थता मेरा साथी र शुभचिन्तक अनि नेताज्यूहरुले पछि थाहा पाउनुहुनेछ । वर्तमान अवस्थामा पार्टीका नेता तथा साथीहरुले बुझ्नुपर्ने कुरा के हो भने, बी.पी. को भनाइ ‘कोड’ गर्दै भन्न मन लागेको छ, ‘पार्टीभित्र अन्याय सहने जो कोही होस त्यो कार्यकर्ता हैन, दास हो’ म एउटा पार्टीको इमान्दार, कार्यकर्ता थिए, निष्ठावान कार्यकर्ता थिए, आफ्नो भएको सम्पति खर्चेर पार्टी बचाउन लागेको थिए । पार्टीको नाममा एक रुपैयाँ चन्दा मागेर जिवन निर्वाह गरेको थिईन ।
फटाई, बेइमानी र चाकडी गर्ने मेरो स्वभाव र स्वाभीमानले दिएन । मैले बुझेको वीपी को सिद्धान्त र आदर्श, उहाँले गरेको मार्गनिर्देश न अनी उहाँको ब्यवहारिक समाजवाद नै म नेपाली कांग्रेस प्रति आबद्ध हुने मन्त्र थिए । मैले वीपीलाई चिन्दै नचिन्दा पनि उहाका आदर्श र सिद्धान्त अध्ययन गरे, त्यसैबाट प्रभावित भएर कांगेस भएको हुँ ।
२०४३ सालमा नेपाली कांग्रेसले आउटपोष्ट कब्जा गर्ने नीति लिएर आन्तरिक रूपमा देशभरीका स्थानीय निकायमा कांग्रेस सम्बद्ध व्यक्तिहरुलाई निर्वाचनमा भाग लिन आहवान गयो त्यो अबस्थामा समेत कांग्रेसको प्रतिनिधित्व गर्दै स्याङ्जा सदरमुकामको तत्कालिन वार्ड नं. ३ र हाल वार्ड नं. १ को वडा अध्यक्षमा उम्मेदवार दिएर अत्याधियाधिक मतले बिजयी भएको थिए । त्यस पर्यत्न २०४६ सालको जन आन्दोलनको उदघोष भए लगतै उक्त जनआन्दोलनमा सहभागी हुने भन्दै वार्ड अध्यक्ष पदबाट राजीनामा गरेर बुटवल झरेको हुँ । त्यसपछि बुटवलमा व्यवसाय र पत्रकारितालाई अगाडि बढाउँदै गइरहेको अवस्थामा त्यो बेला व्यवसाय भन्दा पत्रकारितालाई मुख्य पेशा बनाई अगाडि बढने प्रण गरेर पत्रकारितालाई नैं प्राथमिकता दिए ।
२०४८ सालमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री भएपछि उहाँका स्व प्रेस सल्लाहकार रहनु भएका जेपी गुप्ता (जयप्रकाश आनन्द) ले फोन गरेर हामी प्रजातन्त्रवादी पत्रकारहरुको छुट्टै संस्था निर्माण गर्न प¥यो काठमाडौं आउनुस र छलफल गरौ भन्नुभयो । म गए तर यो मोफसल मा बस्ने मान्छे मिटिङहरुमा पनि आउन गाह्रो हुन्छ, म । कमिटीमा बस्दिन, पछि हेरौला भने र संस्थापक सदस्य भइन । त्यसपछि केन्द्रीय सदस्य केन्द्रीय सचिव र केन्द्रीय उपाध्यक्ष भएर पार्टीको लाइन प्रति बफादार रूपमा काम गर्दै गए ।
विश्वास गरेरै होला २०४९ सालको बुटवल नगरपलिकाको निर्वाचनमा विजयी भैसकेपछि मेरा अत्यन्तै आदरणीय र सम्मानित व्यक्तित्व सूर्यप्रसाद प्रधानले तपाई मेरो सल्लाहकार भैदिन प¥यो भनेर आग्रह गर्नुभयो । त्यसो भए पत्रकार हुँ हजुरको प्रेस सल्लाहकार सएर बस्छ भने र तुरुन्त नियुक्ति पनि दिनु भयो । त्यो कार्यकाल इमान्दार र निष्ठापूर्वक बिताएको मेरो परिक्षामा सायद पास भएको छु । १६ सालको संसदीय निर्वाचनमा विजयी भैसकेपछि फेरी उहाँले मलाई आई तपाई मेरो स्वकीय सचिव बस्दिन प¥यो भन्नुभयो, मैले उहाँको आग्रह अस्वीकार गर्न सकिन ।
किनकी उहाँ म जस्तै सरल, इमान्दार र सोझो व्यक्ति हुनुहुन्थ्यो । उहाँको स्वकीय सचिव हुँदाको पींडा केही मेरा नजिकका साथीहरुलाई थाहा होला की मलाइ नै थाहा छ । २०५६ सालमा सांसदको स्वकीय सचिवको तलब ४ हजार थियो । जबकी म बस्ने होटलको कोठाको दिनको ३ सय का दरले मासिक हजार तिर्न पाथ्यो, अनि बिहान बेलुकाको खान र नास्ता खर्च पनि आफै तिनु पथ्र्यो । त्यस्तो अवस्थामा पनि सोझो मान्छेलाई बगिार्नकी बेइमान फटाहाहरूले भनेर आफ्नो फोहोटो बेचेर पनि काम गरेको र कहिल्यै पद र प्रतिष्ठाको लोभ नगरेको कुरा आज लेख्न वाध्य भएको छु ।
आज बुटवलमा के भ्रम फैल्याइदै छ ?
साथीहरू जानकार नै हुन हुन्छ भन्ने मलाई लागेको छ । टिकट नपाएर पार्टी छोड्यो भन्ने कुरालाई केही घटिया, फुटपाथे व्यक्तिहरुले आफ्नो सामाजिक संजालमा लेखेको मैले पनि पढ़ने मौका पाए । तिनीहरूलाई के थाहा, पार्टी भनेको के हो ? पार्टी कसरी चल्छ ? पार्टी र कार्यकर्ताको मर्म र भावना के हो । पार्टीको विधान पद्धति र प्रक्रिया के हो ? विचरा ! कहिलेकाही दया लागेर पनि आउँछ त्यस्ता मान्छेसंग जसले माथिका कुरासग कुनै सरोकार र जिम्मेवारी सम्झदैनन, र आक्रोस पनि हुन्छ पार्टी ने प्रति जो जतिबेला पनि कांग्रेसको कृयाशील सदस्य बन्न बिधान नै संसोधन ग-यो प्रश्न गर्न पाइन्छ । पार्टीको नेतृत्वप्रति के यही रमिताले कांग्रेसले आफ्नो गन्तब्य र बी.पी.ले कल्पना गरेको देश बन्न सक्छ ?
अब यो लेख्नुको औचित्यमा आउछु । मैले पार्टी किन छोडे ?
अघि नै उल्लेख गरिसकें चाहन्छु कि म स्याङ्जामा जन्मेको, हुर्केको र वडा अध्यक्ष सम्म भएको र २०४५-४६ को जनआन्दोलनलाई साथ दिँदै बुटवल गरेको र अरूकुरा माथि नै लेखि सकें । २०७४ सालको स्थानीय निर्वाचनको बेला म नेपाली कांग्रेसको क्षेत्र नं. ४ को सभापति निर्वाचित भएको थिए । त्यति बेलाको हाम्रो नेपाली कांग्रेसको विधान अनुसार क्षेत्रीय समितिले मेयर र उपमेयर सिफारिस गर्ने ब्यबस्था गरेको थियो । त्यो बेला आज नगर समितिले जस्तै निरंकुश र अप्रजातान्त्रिक अनि अबैधानिक तरिकाले सिफारिस गर्न खोजेको भए मैले मेरो एकल नाम सिफारिस गर्न सक्थे र टिकट पनि मैले ल्याउन सक्थे तर, म एउटा निष्ठावान, प्रजातान्त्रिक र संवैधानिक हिसाबले चल्नुपर्छ भन्ने सोच भएको व्यक्तिले त्यो हरकत र अपराध गर्न सकिन । मेयर-उपमेयर सबैका आकांक्षी हरुको आह्वान गरेर नाम मागियो । मेयरमा मात्र १३ जना साथीहरूले नाम टिपाउनु भयो र सोही अनुसार १३ जनाकै सिफारिस गरि पठाएको इतिहास साक्षी छ अहिले…?
अहिले के भयो । यो कुरामा अधिकांश साथीहरू भ्रममा हुनुहुन्छ । बिधानले के भन्छ-
अहिलेको विधानले नगरपालिका र उप महानगरपालिकाको मेयर र उपमेयर को सिफारिस नगर वा उपग्रहानगर समितिले गर्छ । त्यसो गर्दा कम्तीमा एक महिला सहित ३ जनाको सिफारिस गनुपर्ने छ । त्यो सिफारिस गरेको निर्णय सहित जानकारी प्रदेशसभा र सम्बन्धित क्षेत्रीय समितिमा दिनु पर्दछ । त्यसको विपरित बुटवल उपमहानगर समितिको बैठकका नाममा घर-घरमा माइन्यूट डुलाएर सहि गराउँदै नगर सभापतिको एकल सिफारिस भन्ने निर्णय भएछ र सो निर्णय हतार हतारमा जिल्ला समितीमा बुझाउन र जिल्ला समितिले पनि विधानत रित नपुगेको त्यस्तो अवैधानिक निर्णयलाई स्वीकार गरी आफ्नो राय सहित लुम्बिनी प्रदेश समितीमा सिफारिस गर्ने तयारीमा रहेछ ।
त्यस निरंकुश एवं अप्रजातान्त्रिक कार्यको विरोध स्वरूप प्रदेश लुम्बिनी प्रदेश कार्यसमितिमा ध्यानाकर्षण पत्र बुझाई विरोध जनाइयो, साथै जिल्ला एवं केन्द्रीय नेतृत्वलाई समेत त्यो ज्याजतीको बिरुद्धमा मौखिक जानकारी गर्दा समेत कुनै सुनावाई भएन । जबको सिफारिसको क्रममा अन्य नगरपालिकाहरुले इच्छुक सबैको नाम सिफारिस गरेर पठाएका थिए ।
टिकट नपाएर पार्टी छोड्यो भन्ने अबुझ मुर्खहरूलाई भन्नै पर्ने भयो की, टिकट दिने निकाय अर्कै छ । सिफारिस गर्ने प्रारम्भीक निकायले नै गुपचुप कसैलाई थाहा नदिई गरेको निर्णय मान्न कमसेकम म जस्तो स्वाभिमानी मान्छेलाई सहय भएन । नेहा एवं सम्बन्धित निकायले पनि कुनै चासो नदिएपछि मेरो आत्मास्वाभिमानमा ठेस लाग्यो ।
अनि म अन्तिम निष्कर्षमा पुगेकी यो राजनीति भन्ने चिज मेरो सामर्थयको कुरा रहेनछ । इमान्दारीता र निष्ठाको वर्तमान अबस्थामा कुनै मुल्य र मान्यता रहेनछ। यो राजनीति गर्ने भनेको त वेइमान, फटाहा अवसरवादी र भुइफुट्टाले गर्ने रहेछ, त्यो मेरो बसमा छैन भन्ने निष्कर्ष निकालेर राजीनामा दिएको हुँ ।
यसक्रममा मलाई मेरो राजनीतिक यात्रमा साथ सहयोग र सुभेच्छा राखेर १४ औ महाधिवेशनमा अत्याधिक मतले विजयी गराउनु भएका संपूर्ण क्षेत्रीय प्रतिनिधिहरूप्रति शिर निउराउँदै मेरो यो अप्रत्याशित निर्णयप्रति क्षमा दिनुहुनेछ भन्ने आशाका साथ अन्तर हृदयले नै माफी माग्न चाहन्छु । आगामी दिनमा राजनीतिक बाहेक अन्य काम म हरहमेशा हजुरहरूकै साथमा रहने प्रतिवद्धता पनि म बबुरोले गर्दछु ।
साथीहरू, गणेशमान सिंह र किशुन जो जस्ता नेताहरू त अटाउन नसकेको पार्टीमा म जस्तो बबुरो कार्यकर्ता अटाउन सक्ने त कुरै भएन । म आफ्नो निष्ठा बेच्न सक्दिनथे, आफ्नो इमान बन्धक राख्न सक्दिनथे अनि फटाई र चाकरी गर्न सक्दिनथे । मलाई थाहा भयो की यी कुराहरु गर्न र संझौता गर्न नसक्ने कुनै पनि व्यक्ति नेपाली कांग्रेसमा बस्न सक्दैनन् ।
मैले राजिनामा दिए पछि सयौं मेरा मित्रहरू र शुभचिन्तक हरु मेरो घरमै आएर अथवा टेलिफोन गरेर फिर्ता लिन र पार्टीमा रही रहन आग्रह गर्न थाल्नुभयो । मैले माथि सबै कुरा लेखिसके, राजिनामा फिर्ता गर्न अथवा कुनै पदको बागेडिङ्ग’ गर्नको लागि दिएको थिइन । त्यो दौरानमा साथीहरूको त्यो आग्रह र मेरो निर्णयमा मेल नखादा अत्यन्तै तनाव भो र भोलिपल्ट ४ बजे बिहानै उठेर काठमाडौं तिर हिँडे ।
मोबाइल स्वीच अफ गरेर सम्पर्क बिहीन भएर केही दिन बिताए । अब तनाब केही शान्त भएको छ । साथीहरूको राजिनामा फिर्ता लिनुपर्ने आग्रह त यथावत नै छ । तर मैले भोगेको पीडा । र अपमानले मलाई थिचिरहेको छ । साथी एवं शुभचिन्तक ज्यूहरु लाई फेरी पनि भन्न चाहन्छु । यो फोहोरी एवं गन्धो राजनीतिको भुमरी, भित्र घुम्दा घुग्दै थाकी सके, मैले हात उठाए, माफ पाउँ ।
यही दौरानमा म साथी अर्को एउटा नभएको आरोप पनि लगाइएको थाहा पाए । वार्डहरूमा गठबन्धनको निर्णय हरि लम्सालले गरेर गएको हो भन्ने हल्ला चलाइएको पाए । त्यो हल्ला चलाउने अपराधी जो सुकै किन नहोस म चुनौती दिन चाहन्छु । गठबन्धनको कुनै पनि मेरो उपस्थिती र मैले गरेको सही सार्वजनीक गरियोस त्यो अवस्थामा म जे सजाय पनि भोग्न तयार छु ।
पाँच दलिय केन्द्रीय गठबन्धनले निर्णय गरे अनुसार जिल्लामा गठबन्धन गर्न जिल्ला स्तरिय गठबन्धन र पालिकामा गठबन्धन गर्न नगर स्तरिय गठबन्धनलाई निर्देशन र अधिकार दिएको छ । प्रदेश सभा र क्षेत्रीय समितिलाई गठबन्धन गर्ने सम्बन्धी कुनै पनि अधिकार र क्षेत्राधिकार नभएको ठाउँमा म क्षेत्रीय सभापतिको हैसियतले कही कसैसँग सम्झौता र सहमति गर्ने प्रश्न नै उठदैन । नगर संयन्त्रको संयोजक स्वयं सभापति हुने र उनीहरुकै निर्णय र सहमति अनुसार अहिलेको गठबन्धन भएको हो । कोही साथीहरू भ्रममा नपरौं ।
अन्तमा-
मेरा केही सहयात्री मित्रहरू जसलाई मैले राम्रो संग चिनेको छु, जानेको छु । उहाँहरूको निम्ती म राजनीतिमा घाडो भएको रहेछु । मेरो राजनीतिक जीवन सिद्धाउन दिलोज्यात दिएर लाग्नुभयो, तपाइहरूको इच्छा आकांक्षा पुरा भयो। तपाइहरुलाई बधाई छ । तपाइहरूको राजनीतिक जीवन जीवनले सफलता चुम्दै जाओस । कोही मेयर कोही प्रदेशसभा सांसद र मन्त्री अनि कोही प्रतिनिधी सभाको सांसद र मन्त्री भएको चांडै देख्न पाम। म बबुरोको यही कामना छ । अस्तु
प्रतिक्रिया