४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

यू-१९ विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा



काठमाडौं । यू-१९ महिला विश्वकप क्रिकेट छनोटका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा हुने यू-१९ महिला विश्वकप एशिया क्षेत्र छनोटका लागि नेपाली टोली घोषणा गरेको हो। बन्द प्रशिक्षणमा रहेका ४४ खेलाडीमध्ये १८ खेलाडी छनोट भएका हुन् ।

अर्को वर्ष दक्षिण अफ्रिकामा विश्वकप हुनेछ। त्यसका लागि हुने छनोटमा एशिया क्षेत्रबाट नेपाल, मलेसिया, यूएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतार प्रतिस्पर्धामा छन् । आगामी ४ जुनबाट छनोट प्रतियोगिता हुनेछन् ।

नेपाली टोलीमा किरण कुवँर, सोनु राजवंशी, टीका शाह, सृष्टि धामी, सावित्रा धामी, अलिशा यादव, रञ्जु श्रेष्ठ, अञ्जली विक, हिरन्मायी रोय, अलिशा खडिया, कृतिका मरासिनी, मनिषा उपाध्याय, स्नेहा महरा, निशा शाह, मनिषा राना मगर, प्रतिमा शाह, ज्योत्निस्का मरासिनी र मनिषा चौधरी छन् ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ८ : ०९ बजे

पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले पनि दिए राजीनामा

काठमाडौँ । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा

‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम

प्रकाशमान सिंह बने कार्यबाहक प्रधानमन्त्री

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी

लुम्बिनी प्रदेशमा बृक्षारोपण गर्दै संविधान दिवसको समापन

दाङ । ३ दिनको बिबिधि कार्यक्रम गरेर संविधान दिवस तथा