२८ मंसिर २०८२, आइतबार | December 14, 2025

अर्को हप्ताबाट देशभर इन्टरनेट सेवा बन्द गर्ने चेतावनी !



काठमाडौं । निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक संघले सरकारले ल्याएको नियमका कारण अप्ठेरो परेको भन्दै अर्को हप्ताबाट देशभर इन्टरनेट सेवा ठप्प हुन सक्ने चेतावनी दिएको छ ।

संघका अध्यक्ष सुधीर पराजुलीले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

साथै यस वर्षको वैशाख १९ गते मनाइँदै गरेको राष्ट्रिय सूचना थता संचार प्रविधि दिवस पनि बहिस्कार गर्ने निर्णय गरेको छ ।

“हामीले यसवर्षको सूचना तथा संचार प्रविधि दिवससँग सम्बन्धित कुनै पनि कार्यक्रम र गतिविधि नगर्ने निर्णय गरेका छौैं,” विज्ञप्तिमा भनिएको छ, “अतः हामीले यस दिवसमा आयोजक नबन्ने, सहभागी नहुने, प्रायोजक नबन्ने र दिवससँग सम्बन्धित सबै किसिमका सहयोगहरु बन्द गर्ने दुःखद निर्णय गर्न बाध्य भएका छौँ । यस वर्षको यस दिवसलाई हामीले सकारात्मकरुपमा लिएका छैनौैँ किनभने विगतदेखि हालसम्म कुनै पनि सरकारले सूचना र संचार प्रविधिको लागि आवश्यक वातावरण नबनाई, इनटरनेटमा भएका समस्या समाधान गर्नुको साटो दिवसको नाममा कार्यक्रमको नाममा देखावटी काममात्रै गर्दैछ ।”

संचार तथा सूचना प्रविधि मन्त्रालयले आफूहरुका अपस्ट्रिम प्रोभाइड्सजस्ता कम्पनीलाई भुक्तानीका लागि विदेशी मुद्रा सिफारिस गर्न पूर्णरुपमा बन्द गरेको र गर्न लगाएको कारणले पनि ती कम्पनीलाई विगत ६ महिनादेखि भुक्तानी गर्न नसक्दा आगामी हप्ताबाट देशभर इन्टरनेट बन्द हुने स्थिति आएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी नेपाल इन्टरनेटमा चर्को कर लगाउने मुलुकभित्र पर्ने उल्लेख गर्दैै ४५ प्रतिशत बढी कर हुँदा त्यो नघटाई इन्टरनेट विकास, दूरसञ्चार क्षेत्रको विकास र समग्र डिजिटल नेपालको धारणालाई बेवास्ता गरेको पनि पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : ४८ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%