४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

आइपिएल : लखनउसँग पन्जाब २० रनले पराजित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जाइन्ट्सले पन्जाब किङ्सलाई २० रनले पराजित गरेको छ ।

सुरुमा ब्याटिङ गरेको लखनउले दिएको १ सय ५४ रनको लक्ष्य भेट्न नसक्दा पन्जाब पराजित भएको हो । उसले पूरै २० ओभर खेल्दा ८ विकेट गुमाएर १ सय ३३ रन मात्र बनाउन सक्यो ।

पन्जाबका लागि जोनी बेयर्सटो ३२, कप्तान मायांक अग्रवाल २५, ऋषि धवनले २५ रन बनाए भने लियाम लिभिङस्टोनले १८ रन जोडे ।

लखनउका मोसिन खानले तीन, दुश्मन्था चामिरा र कुर्नाल पान्डयले दुईदुई विकेट लिए ।

लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५३ रन जोडेको थियो । उसका लागि क्विन्टन डी कक ४६, दीपक होडाले ३४ रन बनाउँदा पन्जाबका कागिसो राबडाले ४ तथा राहुल चाहरले २ विकेट हात पारेका थिए ।

यो जितसँगै अंक तालिकाको तेस्रो स्थानमा पुगेको लखनउले ८ खेलमा १२ अंक जोडेको छ । पाँचौ स्थानको पन्जाबले ९ खेलमा ८ अंक जोडेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ६ : ५९ बजे

प्रकाशमान सिंह बने कार्यबाहक प्रधानमन्त्री

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी

लुम्बिनी प्रदेशमा बृक्षारोपण गर्दै संविधान दिवसको समापन

दाङ । ३ दिनको बिबिधि कार्यक्रम गरेर संविधान दिवस तथा

पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ ।

नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ : प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल