८ पुस २०८१, सोमबार | December 23, 2024

बोलेरो जिप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना घाइते



सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिका-१ नक्कलेमा भएको बोलेरो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

दुर्घटनामा तीनपाटन गाउँपालिका-९ आम्बोटेका रामजी भण्डारी, कमलामाई नगरपालिका-७ घर भएकी रूपा मगर र काले भनिने तीर्थ परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, दुर्घटनामा सातजना घाइते भएका छन् । उनीहरुमध्ये कर्णबहादुर विक, तुल्सिराम पहाडी र चालक राजु खत्रीलाई थप उपचारका लागि सिन्धुली अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।

अन्य घाइतेको बेलघारी स्वास्थ्य चौकीमा उपचार भइरहेको र उनीहरूको पनि सिन्धुली अस्पताल ल्याउने तयारी भइरहेको लामाले बताए ।

सडकबाट तल खोल्सामा गाडी खसेको र गाडीमुनि मानिस थिचिएको उनले बताए। दुर्घटनास्थलबाट गाडी निकाल्न सकिएको छैन ।

सिन्धुलीबाढीबाट तीनपाटन गाउँपालिकाको चकमकेतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२६ च ०७५६ नंको सिङ्गलक्याप पिकअप बोलेरो दुर्घटना भएको हो। उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ६ : ५१ बजे

विद्युत् प्रसारण र वितरण प्रणाली सुधारमा ७२ अर्ब ९३ करोड रुपैयाँको लगानी जुट्यो

काठमाडौं । देशभित्रको विद्युत् आपूर्ति भरपपर्दो तथा गुणस्तरीय बनाउन र

एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलका क्रममा अभद्र

इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु

रामपुर । इलाका प्रशासन कार्यालय रामपुरमा तोकेअनुसारको दरबन्दी व्यवस्थापन नहुँदा

पण्डितपुरमा भेटियो बुद्धकालीन संरचना

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ पण्डितपुरमा उत्खननका क्रममा प्राचीन