८ पुस २०८१, सोमबार | December 23, 2024

बाँकेमा ७७ जनाले फिर्ता लिए उम्मेदवारी



नेपालगञ्ज । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाँकेका ८ वटै स्थानीय तहमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दल तथा स्वतन्त्र ७७ जना उम्मेदवारले शुक्रबार साँझ आफ्नो उम्मेदवारी फिर्ता लिएका छन ।

निवार्चन कार्यालयले दिएको जानकारी अनुसार नेपालगञ्ज उपमहानगरमा १४, कोहलपुर नगरपालिकामा १६, राप्तीसोनारी गाउँपालिकामा १२, खजुरा गाउँपालिकामा १२, डुडुवा गाउँपालिकमा पाँच, जानकीमा ७, बैजनाथमा ७ र नरैनापुरमा ४ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

खास गरी राजनीतिक दलतर्फ गठवन्धनमा रहेको नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा (एमाले) लगायतका दल र स्वतन्त्रबाट प्रमुख, उपप्रमुख तथा अध्यक्ष तथा उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्य, महिला सदस्य लगागको पदमा परेको उम्मेदवारी फिर्ता भएको निर्वाचन अधिकृतका विभिन्न कार्यालयहरुले जनाएका छन् ।

निर्वाचन कार्यालय जानकीका निर्वाचन अधिकृत बाशुदेव शर्माले दिएको जानकारी अनुसार बाँकेको जानकी गाउपालिकाबाट अध्यक्षमा १, उपाध्यक्ष १, वडा अध्यक्ष ३ जना र २ जना वडा सदस्य गरी ७ जनाले आफ्नो उम्मदवारी फिर्ता लिएका छन् ।

बैजनाथ गाउपालिकालका निर्वाचन अधिकृत टेकबहादुर थापाले दिएको जानकारी अनुसार बैजनाथमा ७ जना स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

यसैगरी डुडुवा गाउपालिकाका निर्बाचन अधिकृत फटिकराज मुडभरीले दिएको जानकारी अनुसार ५ जना स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका बाट १४ जना विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईले जानकारी दिए । उनले दिएको जानकारी अनुसार मेयरमा १, उपमेयरमा १, वडा अध्यक्षमा ६, सदस्य महिला ३, दलित महिला सदस्य १ र खुला सदस्य २ गरी १४ जना रहेका छन् ।

कोहलपुर नगरपालिकामा रहेका १६ मध्ये एक जना प्रमुख, ५ वडाध्यक्ष अन्य सबै वडा सदस्य रहेको निर्वाचन अधिकृत तिर्थराज भट्टले जानकारी दिए । फिर्ता लिने नगरप्रमुखका उम्मेदवार काँग्रेसका बिद्रोही उम्मेदवार हुन् ।

यसैगरी राप्ती सोनारी गाउँपालिकामा १२ मध्ये ८ जना स्वतन्त्र र चार विभिन्न राजनीतिक दलका उम्मेदवार रहेको निर्वाचन अधिकृत टोपेन्द्र केसीले जानकारी दिए । तीमध्ये तीन वडाध्यक्ष, एक महिला सदस्य र आठ वडा सदस्य छन् ।

खजुरा गाउँपालिकाका निर्वाचन अधिकृत लोकबहादुर सुनारका अनुसार खजुरामा १२ मध्ये तीन वडाध्यक्ष र ९ वडा सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् ।

बाँकेका ८ पालिका प्रमुख र उपप्रमुख तथा ८१ वटा वडाअध्यक्षका लागि २ हजार ३२९ ले उम्मेदवारी दर्ता गराएका थिए । बाँकेका आठ पालिका प्रमुख र उपप्रमुख तथा ८१ वडा अध्यक्षका लागि २ हजार ३ सय २९ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ८ : २० बजे

विद्युत् प्रसारण र वितरण प्रणाली सुधारमा ७२ अर्ब ९३ करोड रुपैयाँको लगानी जुट्यो

काठमाडौं । देशभित्रको विद्युत् आपूर्ति भरपपर्दो तथा गुणस्तरीय बनाउन र

एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलका क्रममा अभद्र

इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु

रामपुर । इलाका प्रशासन कार्यालय रामपुरमा तोकेअनुसारको दरबन्दी व्यवस्थापन नहुँदा

पण्डितपुरमा भेटियो बुद्धकालीन संरचना

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ पण्डितपुरमा उत्खननका क्रममा प्राचीन

कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ?

काठमाडौं । “नछुने भई भनेर अलग्गै ढोका एक छेउमा पाँच