४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

खेलाडी संघमा विक्रम लामा सर्वसम्मत



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गत रहेको खेलाडी संघमा विक्रम लामा सर्वसम्मत चयन भएका छन् ।

आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य लामालाई सर्वसम्मतबाट अध्यक्ष चुनिएपछि प्रमाणपत्र हस्तान्तरण गरे ।

यस्तै, विकेश कुथु, सुजल श्रेष्ठ, विराज महर्जन उपाध्यक्षमा सर्वसम्मत भएका छन् । यता सदस्यमा रन्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, सरोज दहाल, रोहिच चन्द र विशाल श्रेष्ठ सर्वसम्मत चुनिए ।

११ सदस्यीय कार्यसमितिमा भने महिला खेलाडीको नाम अटाएको छैन । महिला खेलाडीले उम्मेदवारी दर्ता नगराएकाले मनोनीतबाट तानिने नवनिर्वाचित अध्यक्ष लामाले न्युज कारखानासँग बताए ।

अध्यक्षमा सर्वसम्मत चुनिएका लामाले खेलाडीको हकहितका लागि काम गर्ने बताएका छन् ।

यसअघि प्रशिक्षक संघमा सर्वसम्मतबाट राजेन्द्र तामाङ आएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  २ : ३६ बजे

नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ : प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

राहुघाट जलविद्युत आयोजनाको निर्माण ८० प्रतिशत सकियो, आगामी असारभित्र निर्माण सक्ने लक्ष्य

काठमाडौँ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लि.ले निर्माण

प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिश प्रकाशमान सिंह राउतविरुद्ध

सुनचाँदीको मुल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल

लमजुङ । बर्खायाम प्रारम्भ भएसँगै सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल