१२ मंसिर २०८१, बुधबार | November 27, 2024

बुटवलमा दोस्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता शुरु



बुटवल । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा नवदिप कवर्ड हलमा बुधबारदेखि दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ शुरु भएको छ । प्रतियोगिताको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै रुपन्देही खेल पर्यटनको सम्भावना बोकेको क्षेत्र भएको बताए ।

कार्यक्रममा लुम्बिनी खेलकुद विकास परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले सरकारबाट गर्नुपर्ने भुमिकालाई स्थानिय क्लबहरुबाट आयोजना गरेर उदाहरणीय काम गरेको बताए । खेलकुदको विकासक्रमलाई हेर्दा ग्रिसबाट शुरु भएर लामोसमयपछि नेपालमा भित्रिएको छोटोसमयमा नै उपलब्धि हासिल गरेको उनले बताए । सबैभन्दा धेरै खेलाडीहरु अट्ने खेलहरु ब्याडमिन्टन भएको उनले दाबी गरे ।

नगरप्रमुख सुवेदीले प्रमुख रेफ्रि अनुप रत्न शाक्यलाई सटल कक हस्तान्तरण गरि सपथ लिएर खेल शुरुवात गरिएको थियो । यसैबिच कार्यक्रममा ब्याडमिन्टनमा नेपालको वरियतामा नम्बर एक दिपेश धामी, दोस्रो विष्णु कटुवाल र तेस्रो सुदिप सेढाइ तथा महिलातर्फ पहिलो नम्बरका रसिला महर्जन, दोस्रो वरियताका जेसिका गुरुङ र तेस्रो सोभा गौचनलाई क्लबका अध्यक्ष गोपाल टण्डनले सम्मान गरेका थिए । उद्घाटन दिनको सो म्याचको मेन्स डबल्समा कास्कीका विशाल खड्का र विधान अधिकारीको जोडीले नेपाल त्रिभुवन क्लबका रुपेश महर्जन र प्रफल महर्जनको जोडीलाई २१–१८ को सेटमा पराजित गरेका छन ।

मेन्स डबल्सतर्फ १५, मेन्स सिगलमा ११ र वुमन्स सिगलमा २ खेल सम्पन्न भएका छन । पहिलो दिनको मेन्स सिगलतर्फको खेलमा विभागिय टिम त्रिभुवन आर्मी क्लबका प्रबिण लिङ्गथेलले लाफा समुहका सुशिल गिरीलाई २१–१५, २१–११ का सोझो सेटमा, कास्कीका विधान अधिकारीले कैलालीका रोशन साउदलाई २१–१३, २१–११ को सोझो सेटमा, सिल्क ग्रुपका नरेन्द्र बलले बुटवल ब्याडमिन्टनका विश्वास नेपाललाई २१–१८, २१–१८ को सोझो सेटमा, विभागिय एपीएफका सुमन लिम्बुले बुटवल ब्याडमिन्टनका डिबि रायमाझीलाई २१–९, २१–१४ को सोझो सेटमा, बुटवल ब्याडमिन्टनका डेबिड थापा मगरले लाफाका बिबेक न्यौपानेलाई २१–१३, २१–१२ को सोझो सेटमा, त्रिभुवन आर्मी क्लबका प्रफुल मर्हजनले लाफाका मनोज फौज्दारलाई २१–११, २१–३ को सोझो सेटमा, बुटवल वाटर पार्कका अरबिन श्रीपालीले लाफाका बिरजन बस्नेतलाई २१–५, २१–९ को सोझो सेटमा, बुटवल ब्याडमिन्टनका कृश नेपालले कैलालीका चन्द्रीका कठारीयालाई २२–२०, २१–१४ को सोझो सेटमा, बुटवलका गणेश रायमाझीले सुर्खेतका अनिल मल्ललाई २१–८, २१–६ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।

आजै भएको वुमन्स सिगलतर्फको खेलमा वाक ओभर पाउदै बुटवल ब्याडमिन्टनका पुजा बिष्ट दोस्रो चरणमा प्रवेश गरेकी छिन ।

मेन्स डबल्सतर्फको खेलमा गुल्मी-बुटवल वाटर पार्कका विवेक शर्मा र अरबिन श्रीपालीको जोडीले बुटवल ब्याडमिन्टन क्लबका पदम केसी र भानु खत्रीको जोडीलाई २१–१३, २५–२३ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन । यसैगरि मेन्स डबल्सतर्फ नै कैलालीका चन्द्रीका कठारिया र रोशन साउदको जोडीले भैरहवाका अर्जुन क्षेत्री र आरसी खनालको जोडीलाई २१–१२, २१–१३ को सेटमा, कास्कीका विधान अधिकारी र बिशाल खड्काको जोडीले बुटवल ब्याडमिन्टनका शम्भु भट्टराई र लालमणी पन्थीको जोडीलाई १७–२१, २१–१२, २१–१३ को सेटमा, लाफाको शुशिल गिरी र बिबेक न्यौपानेको जोडीले पाल्पाका भिम कुवर र सतोष नेपालको जोडीलाई २१–८, २१–१० को सोझो सेट, लाफा र बुटवलका मनोज फौज्दार र डिबि रायमाझीको जोडीले बुटवल ब्याडमिन्टनका दल बहादुर क्षेत्री र बल्देर गोदारलाई १९–२१, २१–१४, २१–८ को सेटमा, एपीएफका दिपेश धामी र बिजित थापामगरको जोडीले कपिलबस्तुका नरेश चौधरी र आशिष थारुको जोडीलाई २१–६, २१–७ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।

खेलमा वाक ओभर पाउदै कपिलबस्तुका नरेश चौधरी र आशिष थारुको जोडी, बुटवल ब्याडमिन्टन क्लबका मोहन भुषाल र नारायण तिवारीको जोडी, बुटवल ब्याडमिन्टनकै प्रकाश ज्ञवाली र कृष नेपालको जोडी, कास्कीका बिधान अधिकारी र विशाल खड्काको जोडी, भैरहवा ब्याडमिन्टनका अनिमेश गिरी र जिवन थापाको जोडी दोस्रो चरणमा प्रवेश गरेका छन । विहिबार भेट्रान्स र सुपर भेट्रान्सका खेलहरुका साथै पहिलो दिनका दोस्रो चरणका खेलहरु हुनेछन ।

वैशाख १० गतेसम्म संचालन हुने प्रतियोगितामा पाच विद्यामा खेलहरु खेलाईने बताए । प्रतियोगिताको मेन्स सिगल र मेन्स डबल्सतर्फ प्रथम पुरस्कार ५० हजार रुपैया, द्घितिय ३० र तृतियलाई २० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि भेट्रान्स ४५ वर्ष माथि उमेर समुह र महिला सिगलमा प्रथमलाई ३० हजार रुपैया, द्घितिय २० र तृतियलाई १० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि ५५ वर्षमाथि उम्र समुहको प्रथमलाई २० हजार रुपैया, द्घितिय १५ हजार र तृतियलाई १० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने प्रतियोगिताका संयोजक शम्भु भट्टराईले बताए ।

कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष पंकज ज्ञवाली, द्घितिय उपाध्यक्ष नलराज नेपाल, प्रदेश खेलकुद विकास परिषदका सदस्य भरत थापा, पुर्व अध्यक्ष ईन्द्रलाल श्रेष्ठ, सचिव भरत रानाले शुभकामना दिएका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ५ : २८ बजे

‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान’ सम्पन्न, राष्ट्रपतिद्वारा पुरस्कार प्रदान

काठमाडौं । ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान कार्यक्रम’

स्थानीय प्रतिभाहरुलाई अवसर प्रदान गर्दै द ब्रिटिस कलेजको ‘करिअर फेस्ट– २०२४’ सफलतापूर्वक सम्पन्न

काठमाडौ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजमा ‘टीबीसी

ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणलाई २० लाख सहयोग

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विधुतीय शवदाह

सदस्यता शुल्क नबुझाए पत्रकार महासंघको चुनावमा भाग लिन नपाइने

नेपालगन्ज । यही मंसिर २८ गते हुने भनिएको नेपाल पत्रकार

नयाँ आर्थिक वर्षका लागि अवधि समाचार सेवाको सम्झौता

नेपालगन्ज । राष्ट्रिय समाचार समिति (रासस)ले अवधि भाषाको समाचार सेवा