२७ पुस २०८१, शनिबार | January 11, 2025

निर्वाचनमा बालअधिकारका सवाललाई प्राथमिकता दिने प्रतिबद्धता



काठमाडौं । प्रमुख राजनीतिक दलका नेताहरुले आसन्न स्थानीय तहको निर्वाचनका लागि घोषणापत्रमा बालअधिकार र बालबालिकाका सवाललाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले आज आयोजना गरेको राजनीतिक संवादमा उनीहरुले संविधानको मौलिक हकमा उल्लेखित बालबालिकाको अधिकारको रक्षा र कार्यान्वयनका लागि केन्द्र, प्रदेश र स्थानीय तहका तर्फबाट ठोस कदम चालिने विश्वास दिलाएका हुन् ।

कार्यक्रममा नेकपा ९एमाले०का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचनका लागि लागू भएको आचारसंहितामाथि आफ्नो दलको छ बुँदे फरक मत रहे पनि यसको कार्यान्वयनमा पार्टी प्रतिबद्ध भएको स्पष्ट पार । उनले बालबालिका र विद्यालयलाई शान्ति क्षेत्र कायम गर्ने सवालमा एमाले सशस्त्र द्वन्द्वकै समयदेखि नै सारथी रहँदै आएको बताए ।

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले आफूहरुले संविधान निर्माणका क्रममा पर्याप्त छलफल र चासो राखेर बालबालिकाका धेरै सवाललाई सम्बोधन गर्दै आएकोे उल्लेख गर्दै निर्मित नीति र कानून कार्यान्वयनका लागि कांग्रेस पार्टी प्रतिबद्ध भएको उल्लेख गरे । पढेलेखेकै घर परिवारमै बालअधिकारको पालना नभएको बताउँदै गर्दै उनले निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना र दुरुपयोग रोक्न पार्टीले संयन्त्र बनाएको जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र)का नेता शक्तिबहादुर बस्नेतले हालसम्म प्राप्त उपलब्धिको रक्षा गर्दै शिक्षा र बालबालिकाका क्षेत्रमा सुन्दर नारा तय गरेर मात्रै नपुग्ने र व्यवहारिकता पनि हेरिनुपर्नेमा जोड दिए । जनप्रतिनिधिबाट संविधान निर्माण भएकाले संविधान बालमैत्री बन्न सफल भएको जनाउँदै उनले सशस्त्र द्वन्द्वरत पक्षहरुको समेत शान्ति सम्झौताकै कारण संविधानसभाबाट संविधान जारी भएको स्मरण गराए ।

बालअधिकारकर्मी गौरी प्रधानले बालबालिकाको बाँच्न पाउने अधिकार रक्षाका साथै सहजरुपमा जन्म दर्ता, विद्यालय भर्ना र निःशुल्क शिक्षाको निरन्तरता, खेल, मनोरञ्जन तथा बाल संरक्षणका सवालमा प्राथमिकता दिइनुपर्ने बताए ।

अधिवक्ता इन्दु तुलाधरले निर्वाचन आचारसंहितामा समाविष्ट निर्वाचन प्रचारप्रसारका क्रममा बालबालिका र विद्यालयलाई प्रयोग गर्न नहुनेजस्ता प्रावधानको पालना हुनुपर्ने आवश्यकता औँल्याए ।

राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेल र राष्ट्रिय किशोरी सञ्जालका संयोजक ललिता पाख्रिनले बालबालिकालाई दलहरुले चुनावी प्रचारका क्रममा दुरुपयोग गर्न नहुने तर बालबालिकाका सवाललाई निर्वाचनका समयमा महत्व दिइनुपर्ने बताइन ।बालबलिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष राजेश शर्माले स्थानीय तहको निर्वाचनमा दलहरुले जारी गर्ने घोषणापत्रमा बालबालिकाका विषयलाई प्राथमिकता दिन आग्रह गरे ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ११ : ४५ बजे

अपडेट : मनहरी दुर्घटनामा थप एकको मृत्यु

  हेटौडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ डिपार्टस्थित सडकमा

विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क

बुटवलबाट गुल्मी जाँदै गरेको गाडीको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । बुटवलबाट गुल्मी जाँदै गरेको यात्रुवाहक गाडीले ठक्कर दिँदा

भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भन्सार विन्दुमा भारतीय

नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न, व्यापार र लगानी सहजीकरणका विषय हस्तान्तरण

काठमाडौ । नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक