४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

आइपिएल : सनराइजर्स हैदराबादको तेस्रो जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा गएराति भएको खेलमा सनराइजर्स हैदराबादले सहज जित हासिल गरेको छ ।

हैदराबादले कोलकाता नाइट राइडर्सलाई सात विकेटले पराजित गरेको हो। कोलकाताले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याउने क्रममा हैदराबादले १७.५ ओभरमा तीन विकेटको क्षतिमा जित हासिल गरेको हो ।

हैदराबादका लागि राहुल त्रिपाठीले ३७ बलमा ७१ रन बनाए। त्यस्तै, एडेन माक्ररम ३६ बलमा ६८ रनको योगदान दिए।
कोलकाताका लागि आन्द्रे रसेलले दुई र प्याट कमिन्सले एक विकेट लिए।

त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित आठ विकेटको क्षतिमा एक सय ७५ रन बनाएको थियो। कोलकाताका नितिश रानाले ३६ बलमा ५४ रन बनाए। त्यस्तै, आन्द्रे रसेलले २५ बलमा ४९ रनको योगदान दिए।

आज पहिलो खेलमा मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्स तथा दोस्रो खेलमा दिल्ली र बैंग्लोरबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ७ : ४६ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day