२८ मंसिर २०८२, आइतबार | December 14, 2025

ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा दुईजना प्रहरी कर्मचारीको मृत्यु, सातजना घाइते



ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ हर्कपुरमा प्रहरी कर्मचारी सवार बोलेरो दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा सातजना प्रहरी घाइते भएका छन् ।

सोलुखुम्बुबाट विराटनगरतर्फ जाँदै गरेको बा १७ च १०९४ नम्बरको बोलेरो आज बिहान ९ बजे भिरबाट १ सय ५० मिटर तल खसी दुर्घटना भएको हो ।

दुर्घटनामा परी प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजबंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी नायब निरीक्षक धनराज खतिवडा, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार भूपेन्द्र खनाल, प्रहरी जवान रूपन विष्ट र चालक लीलाप्रसाद खनाल घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएकामध्ये तीन जनालाई उपचारको लागि काठमाण्डौको नेपाल प्रहरी अस्पताल ल्याईएको छ भने अन्यको ओखलढुङ्गाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ३ : ०५ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%