३ पुस २०८२, बिहिबार | December 18, 2025

कंगोमा वीरगति प्राप्त नेपाली शान्ति सैनिकलाई अन्तिम सम्मान



काठमाडौं । नेपाली सेनाले अफ्रिकी राष्ट्र कंगोमा केही दिनअघि विरगती प्राप्त गरेका सैनिक प्युठ अनिल गुरुङप्रति अन्तिम सम्मान अर्पण गरेको छ ।

गुरुङको शव मंगलबार काठमाडौं ल्याइएको थियो ।

यही चैत २२ गते कंगोमा विद्रोही समूहले चलाएको गोली लागी उनको मृत्यु भएको छ ।

छाउनीस्थित वीरेन्द्र अस्पतालमा आयोजित श्रद्धाञ्जली तथा अन्तिम सम्मान अपर्ण कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले सम्मान स्वरुप उनको पार्थिव शरीरमा नेपाली सेनाको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली स्वरुप फूलमाला अर्पण गरेका थिए ।

रक्षा सचिव किरणराज शर्माले फूलमाला चढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेको नेपाली सेनाले जनाएको छ ।

सो अवसरमा संयुक्त राष्ट्रसंघको तर्फबाट नेपालका लागि राष्ट्रसंघका आवासीय संयोजक रिचार्ड होवार्डले गुरुङको पार्थिव शरीरमा राष्ट्रसंघको झण्डा ओढाई सम्मान प्रकट गरेका थिए ।

गुरुङको पार्थिव शरीरमा फूलमाला अर्पण गरेपश्चात नेपाली सेनाको टुकडीले अन्तिम सम्मान स्वरुप सलामी अर्पण गरेको थियो ।

श्रद्धाञ्जली तथा अन्तिम सम्मान कार्यक्रम पश्चात गुरुङको पार्थिव शरीरलाई आजै नेपाली सेनाको हेलिकप्टरद्वारा गृहजिल्ला सुर्खेत लगी परिवारजनलाई हस्तान्तरण गरि नेपाली सेनाको स्थान विशेषमा तैनाथ युनिटबाट अन्तिम सलामी प्रदान गरिने छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ११ : ५२ बजे

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

एमाले ११ औँ महाधिवेशन : बिहान ८ बजेदेखि मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका-१० भकुण्डेमा बस्दै आएका एक ८३

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय