२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

न्युयोर्कमा गोली चल्यो, १० जना घाइते



न्युयोर्क । न्युयोर्कको ब्रुकलिनमा एउटा सबवे रेलभित्र गोली चल्दा कम्तीमा १० जना घाइते भएका छन् । गोली लागेकामध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

ब्रुकलिनको सबवे रेलभित्र आक्रमण गर्नुअघि ग्यास मास्क लगाएका आक्रमणकारीले धुवाँको क्यानिस्ट फालेर यात्रुहरूलाई आतंकित बनाएका थिए ।

‘बन्दुकधारीहरूले दुई ओटा क्यानिस्टर खोलेपछि पछि सबवेमा धुवा फैलिएको थियो । रेल ३६औं स्ट्रीट स्टेसनमा तानिएपछि आक्रमणकारीले धेरै यात्रुहरूलाई गोली हाने’, न्युयोर्क शहर प्रहरी आयुक्त किचान्त सेवेलले भने ।

नियोन सुन्तला रंगको भेस्ट र खैरो रंगको स्वेटर लगाएका आक्रमणकारीले हाते बन्दुक प्रयोग गरेको प्रहरीले बताएको छ । आक्रमण लगत्तै उनी फरार छन । संदिग्ध ६२ वर्षीय एक पुरुषको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ७ : ५२ बजे

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, आजै म्याद थप गरिने

काठमाडौं । अन्ततः दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्वीकार गर्दै प्रहरीले

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने

लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउन उच्चस्तरीय आयोगको सुझाव

काठमाडौँ । लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहितको

प्रदेश सरकार निजामती सेवालाई बलियो बनाउन चाहन्छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश र स्थानीय