२९ पुस २०८१, सोमबार | January 13, 2025

कांग्रेसको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु



काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान २०७८ सुरु गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित सो अभियानको कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले उद्घाटन गरे ।

उपसभापति सिंहले संविधान जारी र त्यसको कार्यान्वयन, भौतिक पूर्वाधारको विकासलगायत कांग्रेसले गरेका कामलाई जनतामा पु-याउँदै स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिए । उनले भने, “यसअघिको दुईतिहाइको सरकारले जनताको चाहनाअनुसार काम गर्न सकेको छैन, त्यस विषयलाई जनतालाई बुझाउँदै अब कांग्रेसको पक्षमा मत सिर्जना गर्नुपर्छ ।”

सिंहले स्थानीय तहको आवश्यकता र औचित्यका आधारमा गठबन्धन हुने प्रस्ट पारे । कांग्रेसका नेता डा प्रकाशशरण महतले शान्ति प्रक्रियामा कांग्रेसले खेलेको भूमिका, भ्रष्टाचार अन्त्य, कोरोना खोपको सुलभ उपलब्धतालगायत कांग्रेसले देश निर्माणमा खेलेको भूमिका जनतालाई बुझाउनुपर्ने बताए ।

उहाँले पार्टीभित्र भएका गुटउपगुट र असन्तुष्टिलाई त्यागेर व्यक्तिवादीभन्दा पनि संस्थागतरूपमा निर्वाचनमा लाग्न अपिल गरे । पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आर्थिक, सामाजिक, शैक्षिकलगायत सबै क्षेत्रको विकाससँगै विकसित मुलुकको रूपमा देशलाई अगाडि बढाउनका निम्ति पनि आगामी निर्वाचनमा कांग्रेसले जित्नुपर्नेमा जोड दिए।

नेता भीमसेनदास प्रधानले स्थानीय तहको निर्वाचनमा पार्टीभित्र जुन व्यक्तिले टिकट पाए पनि सहयोग गर्दै सिङ्गो पार्टीलाई जिताउने गरी अगाडि बढ्न सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ८ : ५७ बजे

बिआरआई सम्झौतामा ‘लोन’ भन्ने शब्द नै छैन् : परराष्ट्रमन्त्री राणा

काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणाले चिनियाँ सहयोग परियोजना ‘बेल्ट एण्ड रोड

देवघाट महामहोत्सवका लागि नेपाल आइपुगिन् देवी प्रतीभा, १० दिनसम्म बस्ने

काठमाडौं । चर्चित कथावाचिका देवी प्रतीभा नेपाल आइपुगेकी छन् ।

कुनै दल फुटाउने र मिलाउने काम म गर्दिन् : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता

मधेस केन्द्रित दलले मोर्चा गठन गर्दै, भोलि कार्यदलको पहिलो संयुक्त बैठक

काठमाडौं। तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठनको तयारीलार्इ तिब्रता दिएका

लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने

लस एन्जलस । लस एन्जलसमा लागेको भीषण डढेलो र आगलागीका