१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास सुरु



काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच शान्ति स्थापना कार्यसम्बन्धी संयुक्त सैन्य अभ्यास आजबाट नेपालमा सुरु भएको छ ।

नेपाली सेनाको स्पेशल अप्रेसन्स फोर्सेज र अमेरिकी स्पेशल अप्रेसन्स कमान्डका सदस्यहरू एम महिनासम्म चल्ने संयुक्त सैन्य अभ्यासमा सहभागी हुनेछन् ।

‘आज अर्थात् ३ अप्रीलदेखि नेपाली सेनाको स्पेशल अप्रेसन्स फोर्सेज र अमेरिकी स्पेशल अप्रेसन्स कमान्डका सदस्यहरू संयुक्त रूपमा एक महिना लामो शान्ति स्थापना कार्यसम्बन्धी विविध कृयाकलापमा सम्मिलित संयुक्त अभ्यासमा सरीक हुनेछन्,’ काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्वीटर मार्फत भनेको छ ।

विपद् व्यवस्थापनदेखि शान्ति स्थापना कार्यसम्बन्धी विविध विषयमा नेपाली र अमेरिकी सेनाले गएको बीस वर्षदेखि दुई देशबीचको सुरक्षा सहकार्य थप मजबुत बनाउन बनाउन निरन्तर साझेदारी गर्दै आएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १२ : ५८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज