१३ चैत्र २०८१, बुधबार | March 26, 2025

एमबीबीएस प्रवेश परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ



काठमाडौं । एमबीबीएस अध्ययनका लागि लिने प्रवेश परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएका छन् । काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा नक्कली परीक्षार्थी भेटिएका हुन् । उनीहरूलाई पक्राउ गरेर ल्याउने काम भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाका अनुसार काठमाडौं र भक्तपुर जिल्लाबाट पाँच जनाभन्दा बढी नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । ुहामीले पाँच जना भन्दा बढी नक्कली परीक्षा समाएका छौं । अहिले भेरिफाई गर्ने काम भइरहेको छ । पक्राउ परेकाहरूलाई महाशाखा ल्याउने काम पनि भइरहेको छ । केही समयमा यकिन तथ्यांक आउँछ,ु एसपी कोइरालाले भने ।

चिकित्सा शिक्षा आयोगले आजदेखि चिकित्सा अध्ययनका लागि प्रवेश परीक्षाको परीक्षा सञ्चालन गर्दै आएको छ । पक्राउ परेका मध्ये केही नक्कली परीक्षार्थी नै छन् भने केही परीक्षार्थी नै भएका तर, अर्का व्यक्तिलाई परीक्षा दिन लगाएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । स्नातक तहको एकीकृत प्रवेश परीक्षा आज भोलि र पर्सि गरेर तीन दिन हुनेछ ।

स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ३४ हजार ६६५ परीक्षाहरू सहभागी हुनेछन् । आज पहिलो दिन १९ हजार ५०८ जना परीक्षामा सहभागी भएका छन् । त्यसका लागि काठमाडौं उपत्यकाका तीन वटा जिल्लामा मात्र परीक्षा केन्द्र तोकिएका छन् । परीक्षाका लागि उपत्यकामा १११ परीक्षा केन्द्र तोकिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ६ : ४३ बजे

सिंहदरबारमा गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक

काठमाडौं । संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक बसिरहेको

श्रीलङ्कामा नेपाली राजदूतबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । श्रीलङ्काका लागि नेपालका राजदूत पूर्णबहादुर नेपालीले त्यहाँका राष्ट्रपति

भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा

काठमाडौं । भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि

राष्ट्रियसभामा चारवटा मन्त्रालयका मन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ

आईपीएल : पञ्जाबले गुजरातलाई हरायो

काठमाडौं । पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आईपीएल) मा विजयी सुरुवात