३ आश्विन २०८१, बिहिबार | September 19, 2024

सुर्य नेपाल वेस्टर्न अ‍ोपन हिमालयन गल्फ कोर्स पोखरामा हुने



काठमाडौ । सुर्य नेपाल गल्फ टुर २०२१र२२ अन्तर्गत सिजनको पाँचौं इभेन्ट सुर्य नेपाल वेस्टर्न अ‍ोपन हिमालयन गल्फ कोर्स, पोखरामा आयोजना हुनेभएको छ ।

प्रोफेसनल गल्फर्स संघ नेपालको आयोजना र सुर्य नेपाल प्रालिको प्रायोजनमा हुने प्रतियोगिता ३० मार्चदेखि १ अप्रिलसम्म हुनेछ ।

५४ होलको प्रतियोगितामा ३० व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छन् । इभेन्टको अन्तिम दिन २ अप्रिल शनिबारप्रोएम इभेन्ट हुनेछ ।

नेपालभरका व्यावसायिक गल्फरले माछापुच्छ्रे शिखरको काखमा मनमोहक दृश्यसहितको गल्फ कोर्समा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको कुल पुरस्कार रकम ७ लाख ७५ हजार रुपैयाँ रहेको छ । विजेताले १ लाख ३५ हजार, उपविजेताले ८८ हजार तथा तेस्रोस्थान हासिल गर्नेले ६५ हजार प्राप्त गर्नेछन् । शीर्ष २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

भुवन नगरकोटी, संजय लामा, धनबहादुर थापा र रामे मगर प्रतियोगिताका दावेदार हुन् । एमेच्योरतर्फ १३ अ‍ौं सागका दोहोरो स्वर्णविजेता सुभाष तामाङ र अजित विक उच्च लयमा छन् ।

हिमालयन गल्फ कोर्स प्रतियोगिता आयोजनाका लागि तयार अवस्थामा छ । पार ६९ को कोर्स १६ होलको रहेको छ र सुरुवाती २ होलदोहोरिने प्रावधान छ । यस कोर्सलाई विश्व प्रसिद्ध गल्फ डाइजेस्ट म्यागजिनले विश्वकै साहसिक कोर्समा समावेश गरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ८ : ४० बजे

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश

बाँकेमा २ मोटरसाइकल ठक्कर खाँदा दुबै मोटरसाइकल चालकको मृत्यु

नेपालगन्ज । बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको

प्रधानमन्त्री ओली शुक्रबार न्यूयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित

लुम्बिनी प्रदेशसभा सचिवालयले विभेद गरेको टेलिभिजन प्रसारक संघको आरोप

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने